sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:३१
माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव  मनाउन लागिएको हो ।

महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम छ । महोत्सवमा एक सय विविध कक्ष राखिएकोमा ८० वटा मात्रै ‘बुकिङ’ भएको थारू राष्ट्रिय माघी महोत्सव मूल आयोजक समितिका संयोजक प्रेमीलाल चौधरीले जानकारी दिए ।

यस पटक थारू जातिले माघी पर्वमा खाने विशेष खानाका परिकार राखिँदैछ । ढिक्री, अन्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, जाँडको झोल, दारू, केराको तरुवा, सक्खरखण्ड, खरिया सुँगुर÷बङ्गुरको मासु र परेवाको मासु परिकारका रूपमा रहने छन् । त्यसैगरी माछा, घोङ्घी, गङ्गटो, सिधरा, आलु सिन्की, बयरको चटनी, बरिया, चामलको गुरी, काथ्या, अन्डिक, तेलपौर, झझ्रा रोटीलगायत परिकार पनि राखिने भएको छ ।
महोत्सवमा थरूहट झापादेखि कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत हुँदैछ । मघौटा, सखिया, हुर्दगङ्वा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रङ्हवा नृत्यसहित गीत प्रस्तुत गर्ने तयारी छ ।

पुस ३० गते बिहान कोटेश्वरबाट मोटरसाइकल ¥याली गरेर भृकुटीमण्डपमा समापन गर्ने कार्यक्रम छ । माघ १ गते बिहान १० बजे थारू सांस्कृतिक, वेशभूषा, बाजागाजा, सङ्घसंस्थाको तुल ब्यानरसहित वसन्तपुरमा जम्मा भई झाँकी ¥यालीले रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम गरिएको छ ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid