May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ

अभिभावकहरुले श्री आधारभुत विद्यालयमा लगाए ताला

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १0:५२
अभिभावकहरुले श्री आधारभुत विद्यालयमा लगाए ताला

 

गणेश कुमार यादव

माघ १८ गते,इनरुवा । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका वडा नं.२ आकाहा स्थित रहेको श्री आधारभुत विद्यालयमा अग्रेंजी विषयको शिक्षकको ठाउँमा सामाजिक शिक्षकलाई हाजिरी गराउन चाहेको अभिभावकहरुले तालाबन्दी गरेका छन ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अज्मल अक्तर अजादले उक्त विद्यालयमा अग्रेंजी विषयको शिक्षकको ठाउँमा सामाजिक शिक्षकलाई हाजिरी गराउन प्रअलाई दवाव दिरहेकोले तालाबन्दी गरेका हुन् ।

अंग्रेजी शिक्षकको स्थानमा सामाजिक शिक्षकलाई गाउँपालिकाबाट निर्णय गरि हाजिर गर्न विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुलाई अध्यक्ष अजादले पटक पटक दवाव दिरहेको र विगत १० महिनादेखि अंग्रेजी तथा गणित बिषय विद्यालयमा पठनपाठन नभएकोले बाध्य भएर तादाबन्दी गरेको अभिभावकहरुले जानकारी दिए ।

अभिभावकहरुका अनुसार सामाजिक शिक्षक नेपाली कांग्रेससंग आवद्ध रहेको र गाउँपालिका अध्यक्ष अजाद पनि नेपाली कांग्रेसकै भएकोले आफ्ना पार्टीका मानिसलाई विद्यालयमा राखि राजनीति गर्न खोजेको हो ।

अग्रेंजी तथा गणित विद्यालयको पढाई चाँडोभन्दा चाँडो सञ्चालन गर्नुपर्ने र विद्यालयमा कुनैकिसिमको राजनीति नहोस् भन्ने माग राख्दै विद्यालय तालाबन्दी गरेका थिए ।

विद्यालयले लामो समयसम्म अग्रेंजी शिक्षक अभावका कारणले पढाई प्रभावित भएको भन्दै विद्यार्थीदेखी विद्यालय व्यवस्थापन समितिसम्म र समुदाय समेतले अग्रेंजी शिक्षक अभावले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको १० महिना बितिसक्दा पनि अग्रेंजी विषयको पढाई नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेको मुकेश मेहताले जानकारी दिए ।

कक्षा ७ का विद्यार्थीले पटकपटक विद्यालयमा पढाई निरन्तरताका लागि अनुरोध गरे पनि अग्रेंजी शिक्षक नभएको प्रतिकृया र विद्यालय प्रशासनले गाउँपापिलकासंग माग गर्दा विषयगत शिक्ष पठाउनमा बेवास्ता गरेर सामाजिक विषयको शिक्षक मनोज पोखरेललाई पठाएकाले हाजिरि गराउन नहुने भन्दै तालाबन्दी गरेको अभिभावक र विद्यार्थीको भनाई छ ।

पटकपटक शिक्षा शाखा र गाउँपालिका कार्यालयले अटेरी गरेपछि मंगलबार मध्यानदेखि रामनारायण मेहताको संयोजकत्वमा तालाबन्दी गरिएको छ । विद्यालयको कार्यालयमा तालाबन्दी भएपनि विद्यार्थीको पढाईमा कुनै प्रभावित नहुने जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मेहता, शिक्षक अभिभावक संघका अध्यक्ष सहादन मंसुरी सहित उपस्थितीमा तालबन्दी गरेको थियो ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले पालिका भित्रको शैक्षिक सुधारका लागि आन्तरिक रुपममा शिक्षकहरुको स्थान्तरण गरेको जानकारी दिए । विद्यलयमा विषयगत शिक्षकको पहल जारी रहेको र तत्काल सामाजि शिक्षकलाई मात्रै पठाएको उनले जानकारी दिए ।

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।