April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भारतीय नागरिक लागुऔषधसहित पक्राउ

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:३६
भारतीय नागरिक लागुऔषधसहित पक्राउ

बेनी।

म्याग्दीको बेनी नगरपालिका–८ कालिपुलबाट एकजनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । भारतको पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने २८ वर्षीय अलेमुन हकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार हकको साथबाट बरामद गरिएको खैरो हिरोइजस्तो देखिने ६.५ ग्राम लागुपदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

फागुन १६ गते साँझ पक्राउ परेका हकलाई म्याग्दी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि बुधबारदेखि ७ दिनको म्याद थपिएको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसूरमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ ।

म्याग्दीमा प्रहरीले केही दिनयता लागु औषध दूव्र्यसनीविरुद्ध अभियानले तीव्रता दिएको छ । गत हप्ता पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट पनि एक जना युवालाई लागुऔषधसहित पक्राउ गरिएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।