April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

राप्रपाको बन्दले महेन्द्रनगर ठप्प

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:३0
राप्रपाको बन्दले महेन्द्रनगर ठप्प
  • पक्राउ परेका १८ जनाको रिहाइको माग गर्दै राप्रपाद्वारा महेन्द्रनगर बन्द 
  • बजार अनिश्चितकालीन बन्दको आह्वान
  • लामो तथा छोटो दूरीका सवारीसाधन केहि चल्न दिईएन 

धनगढी ।।

शहीद भीमदत्त पन्तको शालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका १८ जनाको रिहाइको माग गर्दै राप्रपाले महेन्द्रनगर बजार बन्द गरेको छ । राजसंस्था पुनःस्थापनाको माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा स्थानीय भीमदत्त उद्यान (पार्क) भित्र प्रवेश गरेर शहीद पन्तको शालिक तोडफोड गरेको आरोपमा प्रहरीले राप्रपाका जिल्ला सचिव शिशिर थापासहितका १८ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुको निशर्त रिहाइको माग गर्दै राप्रपाले शनिबार महेन्द्रनगर बजार अनिश्चितकालीन बन्दको आह्वान गरेको हो । राप्रपाको बन्दका कारण कञ्चनपुर सदरमुकाम समेत रहेको महेन्द्रनगरको जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बन्दका कारण बजार व्यवसाय सञ्चालन हुन नसकेको बताए । महेन्द्रनगरबाट लामो तथा छोटो दूरीका सवारीसाधन समेत चल्न सकेका छैनन् ।

राप्रपाको प्रदर्शनका क्रममा भीमदत्त उद्यानको मूल गेटमा लेखिएको नाम र शहीद भीमदत्त पन्तको शालिक शुक्रबार तोडफोड भएको थियो । महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन गर्न निस्किएको भीड एकाएक पार्कभित्र प्रवेश गर्दै तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो । प्रहरीले शालिक तोडफोडमा संलग्न भएको भन्दै राप्रपाका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावलसहितका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई आइतबार अदालत पेश गर्ने तयारी गरेको छ ।

राप्रपाले भने भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको आरोप लगाएको छ । जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेर पक्राउ गरेका १८ जना नेता तथा कार्यकर्ताको निशर्त रिहाइको माग गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाले भने शहीद भीमदत्तको शालिक तोडफोडमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले शालिक तोडफोड गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।

  • साझा परिवेश
  • शनिबार, मंसिर ९, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।