sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पाउँ पाथीभरामा महापुराण सप्ताह ज्ञान महायज्ञ हुँने

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २२, २०७९ २0:५५
पाउँ पाथीभरामा महापुराण सप्ताह ज्ञान महायज्ञ हुँने


झापा ।। झापाको चारआली स्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गते सम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बताउँनु भयो ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार रश शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उदेश्यले महापुराणको आयोजन ागर्न लागिएको बताइएको छ ।
चैत्र ८ गते बाट सुरु हुने पुराणको समुद्घाटन प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गर्नु हुने भएको छ । महायज्ञमा आचार्य पं शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले बताउँनु भयो ।
चैत्र ८ गते शोभा कलश यात्रा ,मण्डव पुजन,पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उदघाटनको कार्यक्रम राखिएको छ । चैत्र ९ गते देखि १६ गते सम्म कथा प्रवचनको आयोजना गरिने बताइएको छ । झापा लगायत अन्य जिल्ला बाट आउँने भक्तजनहरुलाई व्यवस्थापनका सहित पुराण आयोजनाका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।
पुराण आयोजना साथै सो बिषयमा बिभिन्न माध्यमबाट भक्तजन सम्म जानकारी पुराउँने उदेश्यले प्रचार प्रसारका लागि बिशेष ध्यान दिने प्रचार प्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले बताए ।
चारआलीस्थित नेपाली सैनिकको ब्यारकको उत्तरपश्चिम पट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षाभएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै पाउ पाथिभरा मन्दिर स्थापना गरिएको थियो ।
उक्त ठाउँमा पाथिभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथिभरा मन्दिरको निर्माण गरिएको बताइएको छ । त्यस्तै अर्को तथ्य यस स्थलको उत्तरतर्फ उत्तरबाट दक्षिणतिर बगेको एक नदी अलौकिक तबरले पुनः उत्तरतर्फ बग्न पुगेको हुँदा पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको हो । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोग, व्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने मान्यता लिइने गरिन्छ ।
यस बर्षको पुराणमा २० हजार बढी भक्तजन आउँने अनुमान गरिएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २२, २०७९ २0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid