May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

पाउँ पाथीभरामा महापुराण सप्ताह ज्ञान महायज्ञ हुँने

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २२, २०७९ २0:५५
पाउँ पाथीभरामा महापुराण सप्ताह ज्ञान महायज्ञ हुँने


झापा ।। झापाको चारआली स्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गते सम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बताउँनु भयो ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार रश शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होओस् भन्ने उदेश्यले महापुराणको आयोजन ागर्न लागिएको बताइएको छ ।
चैत्र ८ गते बाट सुरु हुने पुराणको समुद्घाटन प्रतिनिधि सभाका सभामुख सम्माननीय देवराज घिमिरेले गर्नु हुने भएको छ । महायज्ञमा आचार्य पं शान्तिराम नेपालको मुखारविन्दबाट प्रवचन साथै आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने प्रचार प्रसार उप समितिका संयोजक यामनाथ बरालले बताउँनु भयो ।
चैत्र ८ गते शोभा कलश यात्रा ,मण्डव पुजन,पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उदघाटनको कार्यक्रम राखिएको छ । चैत्र ९ गते देखि १६ गते सम्म कथा प्रवचनको आयोजना गरिने बताइएको छ । झापा लगायत अन्य जिल्ला बाट आउँने भक्तजनहरुलाई व्यवस्थापनका सहित पुराण आयोजनाका लागि बिभिन्न उपसमिति समेत गठन गरिएको छ ।
पुराण आयोजना साथै सो बिषयमा बिभिन्न माध्यमबाट भक्तजन सम्म जानकारी पुराउँने उदेश्यले प्रचार प्रसारका लागि बिशेष ध्यान दिने प्रचार प्रसार उपसमितिका सदस्य खगेन्द्र घिमिरेले बताए ।
चारआलीस्थित नेपाली सैनिकको ब्यारकको उत्तरपश्चिम पट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षाभएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै पाउ पाथिभरा मन्दिर स्थापना गरिएको थियो ।
उक्त ठाउँमा पाथिभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथिभरा मन्दिरको निर्माण गरिएको बताइएको छ । त्यस्तै अर्को तथ्य यस स्थलको उत्तरतर्फ उत्तरबाट दक्षिणतिर बगेको एक नदी अलौकिक तबरले पुनः उत्तरतर्फ बग्न पुगेको हुँदा पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको हो । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोग, व्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने मान्यता लिइने गरिन्छ ।
यस बर्षको पुराणमा २० हजार बढी भक्तजन आउँने अनुमान गरिएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २२, २०७९ २0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।