May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

चरम लापरवाहीले बालबालिकाको ज्यान खतरामा

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १५:0३
चरम लापरवाहीले बालबालिकाको ज्यान खतरामा

ताप्लेजुङ/ गणेशकुमार श्रेष्ठ
विधुत प्राविधरण ताप्लेजुङ वितरण केन्द्रको चरम लापरवाहीको कारणले गर्दा  बालबालिका लगायत बाटो हिँड्ने मानिसको ज्यान जोखिममा परेको छ । फुङलिङ नगरपालिका
वार्ड नं. ४ बालमन्दिर नजिकै रहेको विधुत  प्राधिकरणको ट्रान्सफर्मर रहेको विधुत पोल सडक सँगै जोडिएको छ । उक्त पोलमा रहेको फ्युजको लागि राखिएका नाङ्गो तार जमिनको सतहबाट करिब १ मिटरको उचाइमा रहेको छ । भिरालो बाटो सँगै रहेको ट्रान्सफर्मरमा राखिएको नाङ्गो तारको शिकार कुनै पनि बेला बालबालिका तथा बाटो हिड्ने मानिसमा  हुने जोखिम देखिन्छ ।

यस विषयमा नेपाल विधुत  प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रमा सम्पर्क गर्दा ट्रान्सफर्मर भएको पोलमा नियमित रुपमा मर्मतको कार्य गरिराख्नु पर्ने भएकोले
सजिलोको लागि त्यसो गरिएको हुन सक्ने केन्द्रका कार्यालय प्रमुखले साझा परिवेशलाई जानकारी गराउनु भयो । यसो गर्दा जोखिम हुदैन भन्ने जिज्ञासा राख्दा
उहाँले यो जोखिम हुने स्वीकार गर्दै आजै व्यवस्थित गर्न कर्मचारीलाई निर्देशन दिने प्रतिवद्धता जनाउनु भएको छ ।
यस अघि माघ २० गते ताप्लेजुङ वितरण केन्द्रकै आठराई त्रिवेणी गाउँपालिका फुलबारी खण्डमा बाख्रा चराउन गएका एक महिलाको करेन्ट लागेर निधन भई
सकेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।