April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कानुनविपरीत हुने बालविवाह निषेध, विवाह गर्न वडाको स्वीकृति अनिवार्य

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ ११:३२
कानुनविपरीत हुने बालविवाह निषेध, विवाह गर्न वडाको स्वीकृति अनिवार्य

वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताए। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भने।

दैलेख। 

दैलेखको गुराँस गाउँपालिका–८ ले बालविवाह रोकथाम अभियान स्वरूप वडाले वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाउने प्रावधान ल्याएको छ।
वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताए। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भने।

स्थानीय तहमा बालअधिकार सुनिश्चित गर्न दैलेखको गुराँस गाउँपालिका–८ बालमैत्री वडा घोषणा भइसकेको छ। वडालाई गत मंसिर अन्तिम साता बाल श्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो। घोषणासँगै यो वडा जिल्लाकै तेस्रो बालमैत्री वडा बन्यो। बालमैत्री स्थानीय शासनयुक्तसँगै बालविवाह निषेधित वडा घोषणा गरेको तीन महिनापछि सो नियम लागू गरेको हो।

वडासमितिको निर्णयअनुसार वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको वडाध्यक्ष ओलीले बताए।

वडाले ३५ दिनभित्र गर्नुपर्ने विवाह दर्ता गर्न आउँदा विवाह गर्न वडा कार्यालयबाट जारी गरिएको अनुमतिपत्र अनिवार्य रूपमा लिएर आउनसमेत भनेको छ। वडाध्यक्ष ओलीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले यो नियम लागू गरिएको दाबी गरेका छन्। ‘यो नियम लागू भएसँगै बालविवाह न्यूनीकरण र नागरिकलाई समयमै विवाह दर्ता गर्नसमेत प्रेरित गर्नेछ।’ ओलीले भने।

बालविवाह अन्त्यको अभियानमा जुटेका संघसंस्था, अभियान्ता तथा सरकारी निकायहरूले सकारात्मक प्रयास भन्दै वडाले यो नियमका लागि धन्यवाद दिएका छन्। बालविवाह रोकथामको प्रयास स्वरूप जिल्लाका सबै वडाले यस्तै नियम लागू गर्न सके बालविवाह पूर्ण रूपमा अन्त्य हुने अधिकारकर्मी सुनिता चन्द बताउँछिन्। बालविवाह, अनमेल विवाहलगायतका गैरकानुनी र अप्राकृतिक विवाह रोक्न विवाह गर्दा सिफारिस लिनुपर्ने प्रावधान राखिनु सिर्जनशील काम भएको सामाजिक विकास मन्त्रालयको शैक्षिक विकास महाशाखाका अधिकृत बलवीर सुनारले बताए।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट