March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा

एक डाक्टरको भरमा अस्पताल

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:४२
एक डाक्टरको भरमा अस्पताल

जाजरकोट । चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य सेवा दिने उद्देश्यले ५० शय्याका लागि भवन निर्माण गरिए पनि स्थानीयले सामान्य स्वास्थ्य सेवासमेत प्राप्त गर्न सकेका छैनन्। विषयविज्ञ चिकित्सक नहुँदा निजी क्लिनिक र औषधि पसलबाट औषधि खरिद गर्न स्थानीय बाध्य छन्।

भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले सुगर प्रेसर जाँच गर्न जाँदा डाक्टर नपाएको गुनासो गर्नुभयो। स्वास्थ्य जाँचका लागि पुगेका सर्वसाधारण अस्पतालमा चिकित्सक नभेटेपछि फर्कने गरेका छन्। डा. भूपेन्द्र बजगाईंका अनुसार यसरी दैनिक रूपमा ३० जना बिरामी बिनासेवा फर्कने गरेका छन्। ओपीडी, रात्रि सेवा गरी दिनमा ३० जना बिरामी मात्र जाँच्न सकिने डा. बजगाईंले बताउनुभयो।

भेरी नगरपालिका–४ का सत्यदेव शर्माका अनुसार १५ शय्याबाट स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाइए पनि सेवासुविधा नपाउँदा रुकुम पश्चिमको चौरजहारी, नेपालगञ्ज, सुर्खेतलगायत स्थानमा उपचारका लागि लैजानु परेको बताउनुभयो। स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले दुई जना डाक्टर तालिममा गएपछि सबैतिर एक जनाले मात्र हेर्दा समस्या भएको बताउनुभयो। केही दिनमा तालिममा गएका चिकित्सक फर्किएपछि सेवाबाट वञ्चित हुनुपर्ने समस्या हट्ने कँडेलले बताउनुभयो।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट