November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गलगलिया नाकाबाट: महिलाको भित्री वस्त्रमा २० ग्राम ब्राउन सुगर बरामद

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २८, २०७९ १६:५४
गलगलिया नाकाबाट: महिलाको भित्री वस्त्रमा २० ग्राम ब्राउन सुगर बरामद

बिर्तामोड। विकास घिमिरे 

भित्री वस्त्रमा लागू औषध लुकाएको आरोपमा एक महिला पक्राउ परेकी छन्। झापाको भद्रपुर–गलगलिया नाकाबाट ब्राउनसुगर भित्र्याउने साविक तोपगाछी गाविस ५ घर भइ हाल विर्तामोड नगरपालिका– १ स्थित हनुमानगरमा बस्ने ३४ वर्षीया मञ्जु चापागाईंलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार बिहान साढे १० बजेको समयमा प्र–१–०१–०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेकी चापागाईंलाई मेची पुलमा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा लागू औषध फेला पारेको हो। उनले लगाएको भित्री वस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउनसुगर, नेपाली पाँच हजार ७५ रुपियाँ र ७ सय ९९ भारतीय रुपियाँसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा बुझाएको छ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन २८, २०७९ १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्