April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:१५
करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

बाँके । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल प्रतियोगिता मात्रै सञ्चालन भएको छ ।

नियमित अभ्यास र प्रतियोगिता नभएपछि बर्मुडा घाँस सुकेको छ । मैदान समेत अस्तव्यस्त भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालामा मैदान निर्माणका लागि शुल्कको व्यवस्था गरिएको बताउनुभयो ।

प्रमुख चन्दले भन्नुभयो, “रङ्गशालाभित्र एउटा खेल आयोजना गर्न १० हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ, राष्ट्रिय खेलकुदपछि यहाँ एकाध मात्रै प्रतियोगिता भएका छन् ।”

स्थानीय र प्रदेशस्तरीय प्रतियोगिताहरू शुल्क तिर्नुपर्ने भए पनि रङ्गशालाभित्र सञ्चालन हुन नसकेका हुन । जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता बाँकेका खेलाडी तथा क्लबले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि समेत मैदान प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले रङ्गशालाभित्र प्रतियोगिता सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । रङ्गशाला व्यवस्थापनका लागि आवश्यक  भएकाले निश्चित शुल्क तोकिएको भन्दै उहाँले शुल्कबारे पुनर्विचार गर्न छलफल गरिने बताउनुभयो ।

सदस्यसचिव घिसिङले भन्नुभयो, “रङ्गशाला खेलकुद गतिविधि सञ्चालनका लागि हो, म प्रदेश र स्थानीयस्तरका खेलकुदहरू यहाँभित्र आयोजना गर्न आमन्त्रण गर्दछु ।” रङ्गशालालाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसङ्घसँग सम्बन्धितले माग गरेका छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट