May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:२७
सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’ गठन

काठमाडौं 

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौं उपत्यका उपप्रमुख सञ्जाल’गठन भएको छ। बालाजु बाइसधाराको सभा कक्षमा बसेको उपप्रमुख÷उपाध्यक्षहरुको पहिलो बैठकले सञ्जाल गठन गरेको हो।
‘कानुनले उपप्रमुख÷उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो। सञ्जालले सामुहिक प्रयत्नमा क्षमता विकास र कानुनी तथा संस्थागत विकासको प्रबन्धमा सहकार्य गर्नेछ।’ कार्यवाहक प्रमुख समेत रहेकी डंगोलले भनिन्, ‘क्षेत्राधिकारमा भएका जिम्मेवारीमध्ये काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ। संयोजन र थालनी महानगरले गरेको हो तर यो सबै पालिकाको साझा कार्यक्रम हो। यो अवसरलाई स्थानीय विवाद निरुपणमा साझा बुझाइ विकास गर्ने थलोको रुपमा उपयोग गरौँ। यसको सिकाईलाई विकास र विस्तार गर्ने योजना बनाऔँ।’

पालिकाहरुले उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित विषयमा क्षमता विकास गर्न, आपसी सीप र हित आदानप्रदान गर्न हरेक पालिकाले योजना र कार्यक्रम तर्जुमा गर्नु पर्नेमा उपप्रमुखहरुको जोड छ। उपप्रमुखलाई प्राप्त कानुनी जिम्मेवारी पूरा गर्न संस्थागत संरचना, कानुनी क्षमताको अभाव जस्ता समस्या छन्। काम गर्दा गर्दै कहीँ आफैँ मुद्दा मामिलामा पर्ने सम्भावना पनि छ। यस्ता साझा समस्यालाई साझा प्रयत्नबाट समाधान गर्न सञ्जालको ठूलो भूमिका हुन्छ। प्रमुख र समग्र नगरको विकासमा योगदान पुग्छ। उपप्रमुखहरुको भनाइ छ।
सञ्जालको बैठक हरेक महिना बस्ने निर्णय भएको छ। यसपछिको बैठक बैशाख १५ गते बुढानिलकण्ठ नगरपालिकाले आयोजना गर्नेछ। त्यस बैठकमा महानगरकी उपप्रमुखले अध्यक्षता बुढानिलण्ठ नगरपालिकालाई हस्तान्तरण गर्नेछिन्। त्यो बैठकले अर्को बैठकको मिति र स्थान तय गर्नेछ। यसरी तय भएको बैठक जुन पालिकाले आयोजना गर्ने हो, बैठकको अध्यक्षता पनि त्यही पालिकाका उपप्रमुख÷उपाध्यक्षलाई हस्तान्तरण हुनेछ।

हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतिकरण र छलफल गरिने योजना बनाइएको छ। जसअनुसार आगामी बैठकमा अनुगमन तथा सुपरीवेक्षण विषयमा विषय विज्ञबाट प्रस्तुति र त्यसपछि छलफल हुनेछ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।