sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनमा जोड दिने

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ ११:१७
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनमा जोड दिने

काठमाडौं 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनले आर्थिक सम्बन्धलाई थप सुधार गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल–चीन लगानी तथा व्यवसाय मञ्च’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको रेलमार्ग र प्रसारण लाइनलाई सरकारले महत्त्वका साथ हेरेको बताएका हुन्।
उनले दुई सरकारबीच सीमापार आर्थिक क्षेत्र स्थापना र थप व्यापारिक नाका खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिए। यी नाका खुलेसँगै नेपाल–चीन व्यापारमा सुधार आउने उनको दाबी छ। ‘नेपाल र चीन पहिले नै अप्टिकल फाइबरद्वारा जोडिएका छन्,’ उनले भने।

प्रधानमन्त्री दाहालले चीनसँगको व्यापार घाटा बढेकामा चिन्ता व्यक्त गर्दै चीनबाट आएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिबद्धता र वास्तविक लगानीबीच अन्तर रहेको बताए। नेपालले गत आर्थिक वर्ष चीनबाट करिब २ खर्ब ३२ अर्ब रुपैयाँको सामान आयात गरेकोमा ६७ अर्ब रुपैयाँको मात्र निर्यात गरेको थियो।

दुई देशका निजी क्षेत्रले नेपालको नीतिगत अनुकूलताको फाइदा उठाउँदै व्यापार र लगानीका अवसरहरू प्रवद्र्धन गर्न प्रधानमन्त्री प्रचण्डले आह्वान गरे। उनले हुम्लाको यारी, मुस्ताङको कोराला र संखुवासभाको किमाथांकामा नाकालाई प्रभावकारी बनाउने कामलाई तीव्रता दिइएको बताए। उनले चीनलाई तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी उत्पादन चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न आह्वान गरेको बताए। ‘हामीले चिनियाँ पक्षसँग करिब ५ सय १२ वस्तुलाई ‘ड्युटी–फ्रि, कोटा–फ्रि’ सुविधा पाउने वस्तुको सूचीमा राख्न अनुरोध गरेका छौं,’ उनले थपे।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो भने नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत हो। उनका अनुसार लगानीका लाभदायक क्षेत्रहरू जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायत हुन्। नेपाली कानुनले पनि लगानीको प्रतिफल फिर्ता लैजान सहज बनाएको र विदेशी कम्पनीहरूले जग्गा खरिद तथा बिक्री गर्न सक्ने व्यवस्था गरेको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनले नेपाललाई विदेश भ्रमणको गन्तव्यका रूपमा सूचीकृत गरेकामा आभार व्यक्त गरे। चीनले बुधबारदेखि लागू हुने गरी चिनियाँलाई विदेश भ्रमणका लागि नेपाललाई स्वीकृत गन्तव्यको रूपमा समावेश गरेका छ।

मञ्चमा सहभागी हुन चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेसनल ट्रेडका उपाध्यक्ष फाङ साओहाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएका छन्। सो अवसरमा उपाध्यक्ष फाङले गत अगस्टमा चीनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत वस्तुमा ड्युटी–फ्रिको व्यवस्था गरेको बताए। यसले नेपाली चिया, जडीबुटी र कृषि तथा पशुजन्य उत्पादन चीनमा निर्यात गर्ने राम्रो अवसर प्रदान गरेको दाबी उनको छ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid