April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनमा जोड दिने

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ ११:१७
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनमा जोड दिने

काठमाडौं 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन अन्तरदेशीय रेलमार्ग र प्रसारण लाइनले आर्थिक सम्बन्धलाई थप सुधार गर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘नेपाल–चीन लगानी तथा व्यवसाय मञ्च’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको रेलमार्ग र प्रसारण लाइनलाई सरकारले महत्त्वका साथ हेरेको बताएका हुन्।
उनले दुई सरकारबीच सीमापार आर्थिक क्षेत्र स्थापना र थप व्यापारिक नाका खोल्ने विषयमा छलफल भइरहेको जानकारी दिए। यी नाका खुलेसँगै नेपाल–चीन व्यापारमा सुधार आउने उनको दाबी छ। ‘नेपाल र चीन पहिले नै अप्टिकल फाइबरद्वारा जोडिएका छन्,’ उनले भने।

प्रधानमन्त्री दाहालले चीनसँगको व्यापार घाटा बढेकामा चिन्ता व्यक्त गर्दै चीनबाट आएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिबद्धता र वास्तविक लगानीबीच अन्तर रहेको बताए। नेपालले गत आर्थिक वर्ष चीनबाट करिब २ खर्ब ३२ अर्ब रुपैयाँको सामान आयात गरेकोमा ६७ अर्ब रुपैयाँको मात्र निर्यात गरेको थियो।

दुई देशका निजी क्षेत्रले नेपालको नीतिगत अनुकूलताको फाइदा उठाउँदै व्यापार र लगानीका अवसरहरू प्रवद्र्धन गर्न प्रधानमन्त्री प्रचण्डले आह्वान गरे। उनले हुम्लाको यारी, मुस्ताङको कोराला र संखुवासभाको किमाथांकामा नाकालाई प्रभावकारी बनाउने कामलाई तीव्रता दिइएको बताए। उनले चीनलाई तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी उत्पादन चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न आह्वान गरेको बताए। ‘हामीले चिनियाँ पक्षसँग करिब ५ सय १२ वस्तुलाई ‘ड्युटी–फ्रि, कोटा–फ्रि’ सुविधा पाउने वस्तुको सूचीमा राख्न अनुरोध गरेका छौं,’ उनले थपे।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो भने नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो स्रोत हो। उनका अनुसार लगानीका लाभदायक क्षेत्रहरू जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानीलगायत हुन्। नेपाली कानुनले पनि लगानीको प्रतिफल फिर्ता लैजान सहज बनाएको र विदेशी कम्पनीहरूले जग्गा खरिद तथा बिक्री गर्न सक्ने व्यवस्था गरेको छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनले नेपाललाई विदेश भ्रमणको गन्तव्यका रूपमा सूचीकृत गरेकामा आभार व्यक्त गरे। चीनले बुधबारदेखि लागू हुने गरी चिनियाँलाई विदेश भ्रमणका लागि नेपाललाई स्वीकृत गन्तव्यको रूपमा समावेश गरेका छ।

मञ्चमा सहभागी हुन चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेसनल ट्रेडका उपाध्यक्ष फाङ साओहाङ नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आएका छन्। सो अवसरमा उपाध्यक्ष फाङले गत अगस्टमा चीनले नेपालबाट निर्यात हुने ९८ प्रतिशत वस्तुमा ड्युटी–फ्रिको व्यवस्था गरेको बताए। यसले नेपाली चिया, जडीबुटी र कृषि तथा पशुजन्य उत्पादन चीनमा निर्यात गर्ने राम्रो अवसर प्रदान गरेको दाबी उनको छ।

 

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट