April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कोशी सरकारले थपेका ६ सार्वजनिक बिदा यस्ता छन्

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १२:१२
कोशी सरकारले थपेका ६ सार्वजनिक बिदा यस्ता छन्

चैत २ गते,सुनसरी । वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकार प्रदेश सरकारहरुलाई छ । सोही अधिकार अनुसार कोशी प्रदेशले आफूले दिने ६ वटा बिदा तय गरेको छ।

संघीय सरकारले दिने बाहेकका बिदाका दिन प्रदेश मन्त्रिपरिषदले तोकेको हो। बुधबारको मन्त्रिपरिषद बैठकले ६ वटा अतिरिक्त बिदाका दिन तय गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

उनकाअनुसार प्रदेशले साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने सरकारको निर्णय छ।

यसैगरी असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिने निर्णय हुँदा कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन पनि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।

मंसिर ४ गते छठ पर्वको समापनको दिन पनि बिदा दिने सरकारले निर्णय गरेको प्रवक्ता तथा कृषि मन्त्री सिटौलाले जानकारी दिए।

केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्माबलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारीको सेवा शर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ।

प्रदेश सभाबाट कोशी प्रदेशको नामाकरण गरिएसँगै कानूनहरुमा यसअघि रहँदै आएको प्रदेश १ भन्ने शब्दलाई संशोधनका लागि संशोधन विधेयक प्रदेशसभामा लैजाने र विपन्न वर्गलाई कडा रोगको लागि उपचार सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ लाई पनि स्वीकृत गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।