July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

प्रमुख दलहरु मिलेर देश विकास गर्नुपर्छ : केपी ओली

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १५:३२
प्रमुख दलहरु मिलेर देश विकास गर्नुपर्छ : केपी ओली
  • राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ
  • चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीकामा ’ ओलीको टिप्पणी 

विराटनगर ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । आज मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले भने, ‘आर्थिक विकासका लागि सुशासनका लागि राजनीतिक शक्तिहरु मिलेर जानुपर्छ । त्यसमा पनि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्छ ।’

त्यसअघि एक पत्रकारले अर्थतन्त्र सुधारका लागि एमाले र कांग्रेस मिलेर जानुपर्छ जस्तो लागेको छैन ? भनेर प्रश्न सोधेका थिए । त्यसको जवाफ दिने क्रममा ‘राम्रो कुरा हो,’ भन्दै यसमा दुई मत नभएको बताए ।

प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने बताउँदै ओलीले भने, ‘हाम्रो सधैंको मान्यता त्यही हो ।’ गिरिबन्धु टि स्टेट जग्गा प्रकरणबारे सोधिएको अर्को जिज्ञासामा ओलीले त्यसलाई ‘चिल आयो, चिल आयो भनेर कुखुरा चोर्ने तरीका’ भनेर टिप्पणी गरे ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ ८, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्