बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
जीतपुरसिमरा वडा नं–१५ स्थित डुमरबानामा सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्वितीय र धनुषा तृतीय भएको हो ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख विजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका सदस्य राजेन्द्र खड्गी लगायतले पुरस्कार वितरण गरेका थिए ।
उक्त प्रतियोगितामा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रत्येक जिल्लाबाट १४ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएकाो थियो ।