May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

बलात्कार पीडित किशोरीलाई कैद सजायँ सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० 0८:0५
बलात्कार पीडित किशोरीलाई कैद सजायँ सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो

काठमाडौं । बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो ।

१० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसका आधारमा जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

अदालतमा भने ती किशोरीले आफूमाथि बलात्कार नभएको भन्दै बयान गरेकी थिइन् । बयान फेरेको भन्दै जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाएका थिए । विवादास्पद फैसलापछि उनी सर्वोच्चमा तानिएका थिए ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो ।

  • साझा परिवेश
  • सोमवार, असार ४, २०८० 0८:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट