May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:१२
तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् ।

विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा लिए । बन्जी सञ्चालक कम्पनी द क्लिफले अनमोलको बन्जी डाइभिङसहित साहसिक खेलका भिडियो र तस्वीर सेयर गरेको छ जहाँ उनी रमाइरहेका छन् । स्वयं अनमोलले पनि यी भिडियो सेयर गरेका छन् ।

पोखरा घुम्न निस्किएका अनमोलले शुक्रबार एक तस्वीर पोस्ट गरेका छन् । जसले उनी पछिल्लो समय कस्तो मनोदशाबाट गुज्रिएका छन् भन्ने महसुस हुन्छ । फेवाताल किनारको रुखमुनि पिङमा बसेको तस्वीर पोस्ट गर्दै उनी लेख्छन्, ‘र कहिलेकाहीं आज थोरै पीडा हुनुपर्छ । त्यसैले भोलि अलि राम्रो हुन सक्छ ।’

उनको यो पोस्टले उनी आफ्नो करिअरलाई स्तब्ध बनाउने ‘छड्के २’ को बक्स अफिस असफलतासँगक कसरी जुधिरहेका छन् भन्ने छनक मिल्छ । गत साता एक प्रष्टीकरण लेख्दै अनमोलले आफू चुकेको र यतिबेला शून्यमा रहेको लेखेका थिए । कामको कुरा गर्दा अनमोलको आगामी फिल्म ‘जेरी अन टप’ छायांकनको तयारीमा छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट