May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला

नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२0
नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

नेपालसहित विश्वका १२० राष्ट्र इजरायल-हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन्।

प्रस्तावको विपक्षमा भने इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ रहे। तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य गठनमा रहेका पश्चिमा राष्ट्रहरू छन्। प्रस्तावमा बिनासर्त मानवीय युद्धविरामका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनालाई जोड दिइएको छ। प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको रिहाइ र गाजामा सबै प्रकारका अत्यावश्यक वस्तुको आपूर्तिमा जोड दिइएको छ। ‘तत्काल, भरपर्दो र दियो मानवीय युद्धविराम जसले दुश्मनीलाई समाप्त गर्न सकोस्’भन्ने प्रस्ताव गरिएको छ।

महासभाले पारित गरेको प्रस्ताव मान्य बाध्यकारी नभए पनि इजरायल र हमासबीच जारी द्वन्द्वमा विश्व जनमत कतातर्फ छ भन्ने देखाउने आधार भने हुनेछ। अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि प्यालेस्टाइन भूभाग गाजामा इजरायलले हवाई आक्रमण गर्दै आएको छ। इजरायलले गरेको आक्रमणमा परी ७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। त्यसैगरी इजरायलले गाजामा अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि नाकाबन्दी गरेको छ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक ११, २०८० 0९:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।