sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नरम कुटनीति भनेको चलचित्र हो: मन्त्री किराँती

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:२७
नरम कुटनीति भनेको चलचित्र हो: मन्त्री किराँती

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रूपमा चित्रण गरेका छन्।

सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताएका हुन्।

उनले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक रहेको उल्लेख गरे।

साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक-फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्धलाई स्थापित गर्ने माध्यम भएको मन्त्री किराँतीकाे भनाइ छ।

उनले भने, ‘समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र हो। साहित्य, कला, गीत, संगीत र प्रविधिको माध्यमबाट देशलाई चिनाउने चलचित्र क्षेत्र फरक-फरक देशबीचको कुटनीतिक सम्बन्ध, सामाजिक र सांस्कृतिक सम्बन्ध पनि त्यत्तिकै स्थापित गर्छ। यो नरम कुटनीति हो। हिन्दी, चिनियाँ र अंग्रेजीजस्तै नेपालमा पनि फिल्म निर्माताहरूले त्यसरी नै ध्यान दिनुभइरहेको छ। मौलिक संस्कृति, इतिहास, समाज र प्रकृतिको सम्पदामाथि फिल्म बनाऔँ, विश्वमा चिनाऔँ। चलचित्ररूपी हतियारलाई राम्रोसँग विकास गर्न सके आर्थिक स्थिति पनि सुधार हुन्छ।’

त्यस्तै, नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नबोलीकल हेरेर समाज रूपान्तरण गर्ने माध्यम भनेको चलचित्र रहेको बताए।

सिनेमाका माध्यमबाट देशको आर्थिक उन्नति हुने उनकाे भनाइ छ।

चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको हो।

नेपाली फिल्मतर्फ चलचित्र प्रकाशबाट प्रदीप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्। ३५ देशका ९५ प्रतियोगी चलचित्र
प्रतियोगी रहेको फेस्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो। ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ ११:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid