April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

बेइजिङ वार्तापछि अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिलाई भने ‘तानशाह’

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १0:५५
बेइजिङ वार्तापछि अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपतिलाई भने ‘तानशाह’

काठमाडौं । गम्भीर तनावपूर्ण सम्बन्ध रहेका विश्वका दुई ठूला अर्थतन्त्र अमेरिका र चीनबीचको तनाव कम हुन अझै केही समय लाग्ने देखिएको छ।

जारी तनावपूर्ण सम्बन्धका बीच अमेरिकी विदेशीमन्त्री एन्टोनी ब्लिंकनको चीन भ्रमणले केही सहजता ल्याउने आकलन गरिएको थियो। अझ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग गरेको भेटवार्ताले अमेरिका–चीन सम्बन्धमा ‘आइसब्रेक’ हुने कतिपयको आकलन पनि थियो।

तर विदेशीमन्त्री ब्लिंकनले चिनियाँ राष्ट्रपति भेटेको भोलिपल्ट नै अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको अभिव्यक्तिले भने भेटवार्ता खासै उपलब्धिपूर्ण नरहेको संकेत गरेको छ।

अमेरिकी विदेशमन्त्री ब्लिंकनले सोमबार बेइजिङको  ग्रेट हल अफ पिपुलमा सीसँग भेटवार्ता गरेका थिए। त्यसको भोलिपल्ट अर्थात् मंगलबार अमेरिकी राष्ट्रपति बाइडनले सीलाई ‘तानशाह’ भनेका छन्।

मंगलबार राति क्यालिफोर्नियामा भएको एउटा चन्दा संकलन कार्यक्रममा बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैको घटनाका कारण सी लज्जित भएको बताए।

‘सी चिनफिङ धेरै दु:खी हुनुको कारण के थियो भने जब मैले त्यो बेलुनलाई खसाले त्यसमा २ बाकस जासुसी उपकरण थिए, उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन। जब के भएको भन्ने उनीहरूलाई थाहा हुँदैन, त्यो तानाशाहहरूका लागि लाजमर्दो कुरा हुन्छ,’ बाइडनको भनाइ थियो।

अमेरिकी विदेशमन्त्रीसँगको भेटवार्तापछि चिनियाँ राष्ट्रपति सीले ‘केही प्रगति’ भएको बताएका थिए। अमेरिकी विदेशमन्त्री ब्लिंकनले भने दुवै पक्ष थप वार्ताका लागि खुला रहेको संकेत गरेका थिए।

तर बाइडनले भने बेइजिङ वार्ताको ‘प्रगति’बारे केही उल्लेख गरेनन्। बेइजिङले पनि बाइडनको पछिल्लो टिप्पणीबारे हालसम्म कुनै प्रतिक्रिया दिइसकेको छैन।

विश्वका दुई ठूला महाशक्ति (अमेरिका र चीन) लामो समयदेखि व्यापार, मानवअधिकार, ताइवान लगायत विभिन्न मुद्दाका कारण विवादमा अल्झिँदै आएका छन्। –एजेन्सीहरुको सहयोगमा

  • साझा परिवेश
  • बुधबार, असार ६, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट