May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बाघको आतंक,लामाको गोठगोठ नै रित्तियो

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १२:३४
बाघको आतंक,लामाको गोठगोठ नै रित्तियो

वीरगञ्ज । पाटे बाघले ठोरीका एक किसान मिकमार लामाको गोठ नै रित्याएको छ ।

सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए।

लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ ।

राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको थियो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए । त्यसपछि उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।

स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जङ्गल तर्फ धपाइएको छ ।

बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् ।

बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन्।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १२:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।