May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:४४
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ गरेको छ।

पक्राउपर्नेमा दोलखा भीमेश्वर नगरपालिका- १ चरिकोट घर भई हाल काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका- १३ माइक्रोपार्क नजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ रहेका छन् ।

उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र रु १३ लाख ५० हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

-रासस।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।