May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १४:१९
बरियारपट्टी गापामा हाकिम परिवर्तन प्रकरण: बिवादित प्रमुख प्रशासकिय अधिकृत राख्न उपाध्यक्षको जोडबल

सिरहा । बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादवले बिवादित व्यक्ति अशोक कुमार सिंहलाई पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा राख्न जोडबल गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै एक पत्रकार सम्मेलन गरेर विवादित व्यक्ति सिंहलाई प्रप्रअको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै त्यस्तो कार्य गरेका हुन् ।

समान्य प्रशासन मन्त्रालयको चलानी नं. १२६९ मिति २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंह बरियारपट्टी गाउँपालिकामा हाजिर भएको थियो । तर, प्रप्रअ सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिनको चलानी नं.१३४० को पत्रानुसार सुजित कुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा तोकेर पठाए ।

मन्त्रालयले पत्र दिएपछि प्रप्रअ यादव २०७९ फागुन २९ मा कार्यालयमा हाजिर भएर कामकाज थाले । आफुहरुले प्रमुख प्रशासकिय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा प्रमुख प्रशासकिय अधिकृतको रुपमा सुजितलाई पठाएर मन्त्रालयले गल्ती गरेको उपाध्यक्ष पक्षको बुझाई रहेको छ ।

‘आफुहरुले प्रमुख प्रशासकिय अधिकृतको रुपमा ल्याएको अशोक कुमार सिंह नै यहाँ हाकिम भएर रहनुपर्छ,’ बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममता कुमारी यादव भन्छिन्,‘अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैन् ।’ उपाध्यक्ष यादव पक्षले अशोक कुमार सिंह राम्रो व्यक्ति रहेको भन्दै उनैलाई हाकिमको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै विभिन्न प्रयास थाल्दै आएका छन् ।

अशोक कुमार सिंह आर्थिक बर्ष २०७५/०७६ र ०७६/०७७ मा बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरेको व्यक्ति हो । उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालिन समयमा अशोक कुमार सिंह र गापा अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हाला—हालसम्म हुन पुगेको थियो ।

‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहलाई सम्झाउ–बुझाउ गरेको कुरालाई इगोको रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,’गापा अध्यक्ष सन्तोष कुमार महतोले भने,‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाई गर्न खोज्दा विवाद भएको थियो ।’

‘कार्यपालिकाको कुरालाई अन्यथा लिएर विवाद चर्काउन खोज्यो । समयमा कार्यालय आउन छाडे । कार्यालयको कागजातहरुलाई राम्रोसँग अभिलेख राख्न लापरवाही ग¥यो,’ गापा अध्यक्ष महतोले भने,‘तत्कालिन प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहको रबैया ठिक नभएको ठम्याईका साथ कार्यापालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरिदियो ।’

पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झलेको विवादमा मल–जल दिएर बिवाद बल्झाएर विकासको गति रोक्न खोजेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले दाबी गरेका छन् ।

कार्यपालिकामा बहुमत नभएपनि पालिकाको चौतर्फी विकासका लागि काम गर्न खोजेको तर उपाध्यक्षले बहुमत र पहुँचको आडमा विवाद चर्काएर रोकावट दिन खोजेको उनले प्रष्ट पारे । विकासको नीति तथा प्रक्रियालाई पाखा लगाएर उपाध्यक्ष यादवले व्यक्तिवादी नीतिका साथ अगाडि बढन् खोजेको उनले आरोप लगाएका छन् ।

शान्त र सालिनका साथ काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका ३ नं.वडाका वडाध्यक्ष बिनोद कुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर अर्कोलाई ल्याउदा हुन्थ्यो तर उपाध्यक्ष पक्षले त्यस्तो नगरेर इगो साध्नका लागि विवादित रहेको अशोक कुमार सिंहलाई ल्याएर विकासको गतिलाई रोक्न खोजेका छन्,’वडाध्यक्ष यादवले भने,‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जेपनि गर्न मिल्दैन् । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि हो पुराना विवादलाई सल्काएर विकासको गति रोक्ने काम गर्नु हुँदैन् ।’

‘अघिल्लो कार्यकालमा विवादित भएका अशोक कुमार सिंहलाई पालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा राखेर पालिकाको नोक्सानी र परेसानी वाहेक केही हुनेवाला छैन्,’वडाध्यक्ष यादवले थप्दै भने,‘विवादित भन्दा अरु व्यक्तिलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा राखेर पालिकाको कामकाज सुचारु गराउन सबैपक्षसँग आग्रह गर्दछु । हाकिम यो वा त्यो किन ? जसले पनि नियम अनुसार काम गर्ने हो । गर्न दिनुपर्छ ।’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।