July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

उच्च स्तरीय संसदीय छानविन समितिमा सरकारले सहयोग नगरेको मधेस प्रदेशको आरोप

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १७:0४
उच्च स्तरीय संसदीय छानविन समितिमा सरकारले सहयोग नगरेको मधेस प्रदेशको आरोप

जनकपुरधाम

मधेस प्रदेशको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को बारे पत्र सुनाए।

प्रदेशसभामा गत आर्थिक वर्षका योजनाहरूको छानविन गर्न गठित उच्च स्तरीय संसदीय छानविन समितिको समयावधि पुनः बढाइएको छ।

गत फागुन ४ गते उप–सभामुख बविता कुमारी राउत इशरको सभापतित्वमा गठित समितिलाई दिइएको ३० दिनको समयमा काम गर्न नसकेपछि वैशाख मसान्तसम्मको समय थपिएको हो।

अर्थमन्त्री सञ्जय यादवले प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १५२ बमोजिम विशेष समिति गठनको प्रस्ताव गरेका थिए।

प्रस्तावलाई बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो। तर, समितिको पहिलो बैठकमै उपसभामुख इशरले पदबाट राजीनामा दिएपछि फागुन १६ गते लोकतान्त्रिक समाजवादी पार्टीकी रानीकुमारी तिवारीलाई सभापति बनाइएको थियो।

समितिले पाएको समय भित्र ४ वटा जिल्लामा मात्र छानविन गर्न सकेको छ। समितिले बारा, पर्सा, रौतहट र सर्लाहीमा स्थलगत निरीक्षण गरेको छ भने महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा बाँकी रहेको सभापति तिवारीले सोमबार बसेको प्रदेशसभा बैठकमा जानकारी दिइन्।

उनले ५२९ योजनाको स्थलगत निरीक्षण गर्नुपर्ने भएपनि प्रदेश सरकारले अहिलेसम्म सबै योजनाहरूको फाइल नपठाएको आरोप लगाइन्।

उनले भनिन्, ‘गत आर्थिक वर्षको योजनाहरूको छानविनका लागि सम्पन्न योजनाहरूको विवरण तथा प्राविधिक कर्मचारी प्रदेश सरकारसँग ७ दिनभित्र माग गर्दा उपलब्ध गराइएन।’ प्रदेश सरकारले छानविनमा सहयोग नगरेकाले समस्या भएको सभापति तिवारीले आरोप लगाइन्।

उनले समितिले करारमा प्राविधिक कर्मचारी तथा विज्ञ भर्ना गरेर योजनाहरूमाथि कामकारवाही प्रारम्भ गरेको बताउँदै बाँकी योजनाहरूको छानविन तथा स्थलगत निरीक्षणका लागि वैशाख मसान्तसम्मको समय मागेपछि समय बढाइएको हो।

समितिमा प्रदेशसभा सदस्यहरू कनिष पटेल, रत्नेश्वर गोइत यादव, श्यामप्रसाद पटेल, सुनिलकुमार यादव, बच्चा राउत अहिर, राजकुमार गुप्ता, मो. समीर, हरिनारायण महतो, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जयनुल राइन, रानी कुमारी तिवारी, उर्मिलादेवी सिंह, कञ्चन बिक्षा, विमला अन्सारी, अनिरुध कुमार सिंह र प्रमोद कुमार जैसवाल रहेका छन्।

सोमबारको बैठकमा प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसमेत पेश भएको छ। सामाजिक विकासमन्त्री सुरीताकुमारी साहले सो विधेयक पेश गरेकी हुन्। सभामुख मण्डलले प्रदेशसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगन गर्दै बैठक समाप्तको घोषणा गरे।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १७:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्