sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १४:४७
रूस पुगेर सीले राखे शान्ति प्रस्ताव, सम्झौताका लागि तयार रहेको पुटिनको जवाफ

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले रूस पुगेर युद्ध अन्त्यको प्रस्ताव राखेका छन्। रूस(युक्रेन युद्धको लागि चीनले तयार गरेको १२ बुँदे प्रस्ताव सीले समकक्षी भ्लादिमिर पुटिन समक्ष राखेको मस्को टाइम्सले जनाएको छ।

दुई साताअघि साउदी अरेबिया र इरानबीचको द्वन्द्व शान्तिमा रूपान्तरण गर्ने सम्झौता गराउन सफल भएको चीन शान्ति प्रस्ताव लिएर मस्को पुगेको हो। रूसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा शक्तिराष्ट्रहरूले रूसलाई एक्लो बनाइरहेको अवस्थामा सी त्यहाँ पुगेका हुन्। उनले रूसको तीन दिने भ्रमण गर्ने बताइएको छ।

चीनको प्रस्तावपछि रूसका राष्ट्रपति भ्लादिमर पुटिनले सम्झौताका लागि आफु खुला रहेको बताएको मस्को टाइम्सले उद्दृत गरेको छ।‘युद्ध अन्त्यका लागि सम्झौता गर्न रूस सधैँ खुला छ,’ पुटिनले समकक्षीलाई भनेको उद्दृत गर्दै मस्को टाइम्सले जनाएको छ।

रूसले युक्रेनमाथि हमला गरेदेखि यता सी पहिलोपटक मस्को पुगेका हुन्। रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीले सी र पुटिनबीच सोमबार चार घण्टा वार्ता भएको जनाएको छ। आफ्नो भ्रमण निकै फलदायी हुने सीले बताएका थिए।

मस्को प्रस्थान अघि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सीले भनेका थिए(‘मेरो भ्ररमण विश्व शान्ति तथा रूस र चीनबीच रणनीतिक साझेदारीका नयाँ आयाममा निकै फलदायी हुनेछ भन्नेमा म विश्वस्त छु।’

सीको भ्रमणप्रति पश्चिमा शक्तिराष्ट्रहरू भने सशंकित छन्। सी मस्कोलाई हतियार बेच्नका लागि त्यहाँ पुगेको अमेरिकाले आरोप लगाएको छ। विदेशमन्त्री एन्टोनी ब्लिंकेनले यो भ्रमण सीको चालबाजी रहो बताएका छन्।

‘यो युद्ध रूसले चाहेको दिन अन्त्य हुनेछ। रूस तयार नहुँदासम्म कसैको आग्रहमा केही हुनेवाला छैन। जबसम्म रूसले युद्ध जारी राख्छ त्यसबेलासम्म हामी युक्रेनलाई साथ गरिरहनेछौँ,’ ब्लिंकनेले भनेका छन्।

रूसको सरकारी सञ्चारमाध्यम रिया नोभोस्तीका अनुसार युद्ध अन्त्यका लागि रचनात्मक भूमिका निर्वाह गर्ने उद्धेश्यले सी त्यहाँ पुगेका छन्। रूस र चीन दुबैको स्वाधिनता र क्षेत्रीय अखण्डताको रक्षाका सन्दर्भममा सी र पुटिनबीच सोमबार विस्तृत छलफल भएको त्यस समाचार संस्थाले जनाएको छ।

सीको भ्रमणको पूर्वसन्ध्यामा पुटिन आफ्नो नियन्त्रणमा रहेको युक्रेनी भुमी मरीउपल पुगेका थिए। सोमबारनै युक्रेनले आफ्नो भूमीबाट रूसी सेना हटाउन रूसलाई भनेको थियो। सीको भ्रमणबारे युक्रेन भने आशावादी देखिएको छ।

‘युक्रेनमाथिको आक्रामक युद्धलाई अन्त्य भूराजनीतिमा आफ्नो प्रभाव विस्तारको प्रयासमा चीन रहेको हामीले बुझेका छौ,’अन्तर्राष्ट्रिय समाचार संस्था एफपीसँग विदेशमन्त्री ओलेग निकोलेन्कोले भनेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनका बालकाबालिकालाई रूसले डिपोर्ट गरेको भन्दै राष्ट्रपति सी विरूद्ध गिरफ्तारीको आदेश जारी गरेलगत्तै सी रूसमा पुगेका हुन्। पुटिनविरूद्ध गिरफ्तारको आदेश जारी गरेपछि बेइजिङले अदालतले राजनीतिकरण र दोहोरो मापदण्ड अपनाउन नहुने भन्दै विरोध जनाएको थियो।

सोमबार रूस पुगेका सीको नाममा रूसको अखबारमा छापिएको हेडलाइन छ –‘अन्तर्राष्ट्रिय मामिला व्यवस्थापनमा कुनैपनि देशको हकुम चल्दैन।’

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid