April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै

सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेको भन्दै ज्ञापनपत्र

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:१३
सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेको भन्दै ज्ञापनपत्र

दाङ । दाङमा सम्राट सिमेन्ट उद्योगका कारण बस्ती विस्थापित हुने अवस्थामा पुगेको भन्दै प्रदुषण नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराइएको छ।

लमही नगरपालिका वडा नं. ७ स्थित उद्योग छेउछाउका नागरिकले जीवनरक्षाको माग राख्दै स्थानीय सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्।

‘उद्योगबाट निस्किएको धुलो, धुवाँ र आवाजका कारण हामीलाई समस्या पर्‍यो,’ स्थानीय कुमोद देवकोटाले भने, ‘उद्योगसँग भएको पटक–पटकको सम्झौता कार्यान्वयन भएको छैन।’

उद्योगसँग विगतमा भएको सम्झौता कार्यान्वयनको माग राख्दै सम्राट सिमेन्ट प्राली, लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित स्थानीय वडा कार्यालयलगायतका निकायमा ज्ञापनपत्र बुझाइएको छ।

उद्योगबाट निस्कने आवाजका कारणसमेत समस्या परेको भनाइ स्थानीयको छ। संघर्ष समितिसमेत बनाइएको छ। भगवानदिन यादवको संयोजक रहेको संघर्ष समितिको नामबाट ज्ञापनपत्र बुझाइएको हो।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट