July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ १६:३३
लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे

काठमाण्डाै – मागेजति मन्त्री नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले दुई जना मन्त्री बनाइदिने सहमति पालना नगरेको भन्दै जसपाबाट मन्त्री बनेका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिएका छन् ।

लुम्बिनीमा जसपाले दुई वटा मन्त्रालय पाउने सहमति भएको थियो । सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए । सरकारले एकलौटि गर्दै गएमा विश्वासको मतसमेत फिर्ता लिने जसपाले चेतावनी दिएको छ ।

लुम्बिनीमा बहुमतका लागि ४४ जना सांसद आवश्यक पर्छ । अहिले १० सिट भएको नेकपा (माओवादी केन्द्र) का नेता जोखबहादुर महरा मुख्यमन्त्री छन । उहाँलाई २९ सिट भएको एमाले, चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी, तीन सिट रहेको जसपा तथा नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र एक जना सांसदको पनि समर्थन रहेको छ । लुम्बिनीमा अहिले ११ वटा मन्त्रालय छन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ १६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्