April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:३४
दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की कल्पना (परिवर्तित नाम) लाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायतको संलग्नता रहेको पीडितले बताएकी छन् ।

कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको हो । उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाजमार्फत दुबई पुर्याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्याउन आफैं पुगेकोसमेत खुल्न आएको छ ।

घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि  अनुरोध गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयुक्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचविखन तथा अनुसन्धान वियुरोको आवश्य समन्वयमा उनको उद्दार गरिएको हो ।

‘हामी आफैं दुबई पुगेर उनको उद्दार गरेका हौं । यसमा दुवैस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएई लगायतको महत्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’ समाजसेवी बालकृष्ण पाण्डेले   भने ।

उद्दारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान ब्युरोले अनुसन्धान थालिसकेकोसमेत पाण्डेले जानकारी गराए । स्वीडेन नागरिक जोनाथन र जोन अबलेनले उनको शिक्षा कक्षा १ देखि नै सहयोग गर्दै आएका थिए । उनी बेचिएको थाहा पाएपछि जोनाथन आफैं पनि दुबई पुगेर उद्दारमा लागिपरेको समाजसेवी लभ नेपालमा अयक्ष पाण्डेले बताए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट