May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

प्रचण्ड र लेखराज भट्टको सम्बन्ध ४० वर्ष पुरानो

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:११
प्रचण्ड र लेखराज भट्टको सम्बन्ध ४० वर्ष पुरानो

धनगढी

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ। एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टको अत्तरियास्थित निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्ड,भट्ट र उनकी श्रीमतीबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक राजनीतिक तथा पारिवारिक विषयमा छलफल भएको थियो। छलफलपछि प्रधानमन्त्री प्रचण्डले भने,’लेखराजजीको घर मेरै घर हो। उहाँले मलाई एउटा छुट्टै कोठा दिनु भएको छ। हाम्रो ४० वर्षदेखिको सम्बन्ध हो।’

भट्टले समसायिक राजनीतिक विषयमा छलफल भएको बताए। उनले भने,’प्रचण्डजीले भनेजस्तै यो मेरो घर उहाँको पनि हो। हामीबीच लामो सम्बन्ध छ। ’

सञ्चारकर्मीहरूले तपाईंलाई प्रचण्डले पुरानै घरमा फर्काउने प्रयास गर्नु भएको होइन त ? भन्दै प्रश्न गरेका थिए। जवाफमा भट्टले भने,’अहिले माओवादीमा फर्किने संभावना छैन।’

भट्ट पूर्वमाओवादी समेत हुन्। प्रधानमन्त्री प्रचण्ड महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्तर समारोहमा सहभागी हुन् आइतबार बिहान धनगढी पुगेका हुन्। सोही क्रममा प्रचण्ड र भट‍्टबीच भेटवार्ता भएको हो।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १२:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।