लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर भए भनी टिप्पणी गरेका थिए ।
उनको यो बयानका विरुद्ध भाजपाका विधायक तथा पूर्वमन्त्री पूर्णेश मोदीले जाहेरी दर्ता गरेका थिए ।
कर्नाटकको कोलारमा एक आमसभालाई सम्बोधन गर्ने क्रममा राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आलोचना गर्ने हिसाबमा दिएको बयान सम्पूर्ण मोदीहरूलाई अपमान गर्ने किसिमको बन्यो ।
दोषी ठहर भएका राहुललाई दुई वर्षको कैद सजाय दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । त्यस्तो अवस्थामा राहुलको कांग्रेस सदस्यता खारेज हुन सक्छ । एजेन्सी ।