May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

धनगढीको एसपीए कलेजका प्रमुखमाथि दुर्व्यवहार, नेविसंघका २ जना पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२४
धनगढीको एसपीए कलेजका प्रमुखमाथि दुर्व्यवहार, नेविसंघका २ जना पक्राउ

धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल कलेज (एसपीए) का प्रमुख योगराज गौतममाथि दुर्व्यवहार भएको छ । शुक्रबार भएको विद्यार्थी परिषद्को कार्यसमिति चयनको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले प्रमुख गौतममाथि कालोमसो दलेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले कालोमसो दलको आरोपमा नेविसंघमा आवद्ध दुई जना विद्यार्थीलाई पक्राउ गरिएको जानकारी दिए । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

उनकाअनुसार प्रमुख गौतमले कक्षा कोठामा विद्यार्थीलाई पढाइरहेका बेला बाहिर बोलाएर कालोमसो दलेको जानकारी आएको तर घटनाबारे अनुुसन्धान भइरहेको छ ।

नेविसंघले विद्यार्थी परिषद्को निर्वाचनको विषयलाई लिएर बिहीबार कलेजमा तालाबन्दी गरेको थियो । तालाबन्दीकै बीच कलेजले शुक्रबार परिषद्को निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।

परिषद्को अध्यक्षसहितका पदाधिकारी र सदस्यहरुमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाहेकको उम्मेदवारी नपरेपछि निर्वाचन समिति सर्वसम्मत कार्य समिति चयन भएको घोषणा गरेको थियो ।

जसअनुसार परिषद्को अध्यक्षमा नेशिव धिमाल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा शुलभ थापा र गीता जोशी, सचिवमा अरुन महरा, कोषाध्यक्षमा धिरेन्द्र नाथ योगी, सहसचिवमा सविनकुमार बोहरा पनि सर्वसम्मत भएका छन् । सदस्यहरुमा अर्जुन चदारा, सुुरेन्द्रप्रसाद जोशी र आंचल उपाध्याय चयन भएका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १०, २०७९ १६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।