May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठकमा छलफल

  • साझा परिवेश
  • शनिबार, चैत्र ११, २०७९ १७:३४
मन्त्री टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठकमा छलफल

 काठमाडौं । सरकारमा सहभागिता र मन्त्री छनोटका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।

शनिबार अपरान्ह सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकमा सरकारमा जाने नेताहरुको विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।

उनका अनुसार कांग्रेसको तर्फबाट सत्ता गठबन्धनको बैठकमा जाने नेताहरुले त्यहाँ भएका छलफलबारे ब्रिफिङ गर्ने र पार्टीबाट सरकारमा जाने नेताहरुको बारेमा छलफल गर्ने तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले ६ चैतमा विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । तर सत्ता गठबन्धनमा भागवण्डा पेचिलो बनेको छ ।

सत्ता गठबन्धनमै रहेको अर्को दल नेकपा माओवादी केन्द्रले पनि शनिबार नै सरकारका विषयमा पदाधिकारी बैठकमा छलफल गरेको छ ।

  • साझा परिवेश
  • शनिबार, चैत्र ११, २०७९ १७:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।