April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

अर्थमन्त्री : कागती निचोरे जस्तो कर लिने नीति मैले बनाको छैन

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:२५
अर्थमन्त्री : कागती निचोरे जस्तो कर लिने नीति मैले बनाको छैन

काठमाडौं ।।

  • महतले कागती निचोरेर कर लिने नीति नलिएको
  • अर्थतन्त्र विस्तार गरेर कर बढाउने नीति बजेटले लिएको
  • सरकारले आगामी वर्ष १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको
  • राजस्व उठाउन कठिन भए पनि असम्भव नभएको दाबी
  • हामीले पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएका छौँ,
  • आगामी वर्ष चार खर्ब ७१ अर्ब रुपैयाँ विकास खर्चको लागि विनियोजन गरेको

अर्थमन्त्री डा प्रकाशरण महतले कागती निचोरेर कर लिने नीति आफूले नलिएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्र विस्तार गरेर कर बढाउने नीति बजेटले लिएको बताए ।

सरकारले आगामी वर्ष १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । बजेटमा टिप्पणी गर्दै सांसदहरुले यो उठाउन सम्भव नभएको बताएका थिए । अर्थमन्त्रीले भने लक्ष्य लिएअनुसारको राजस्व उठाउन कठिन भए पनि असम्भव नभएको दाबी गरे ।

“माननीयज्यूहरुले भनेअनुसारको राजस्व उठाउन कठिन छ, उठाउन असम्भव भन्ने होइन,” महतले भने, “हामीले पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएका छौँ, त्यो कार्ययोजना अगाडि बढेमा राजस्व उठाउन कठिन छैन ।”

ऋण तिर्नको लागि बढी रकम खर्च हुने हुँदा विकास खर्चको लागि कम रकम विनियोजन गर्नुपरेको महतले बताए । तर, केही चालु खर्चमा समेत विकास खर्च हुने हुँदा आगामी वर्ष चार खर्ब ७१ अर्ब रुपैयाँ विकास खर्चको लागि विनियोजन गरेको महतले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १४:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।