May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ?

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १७:३६
संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : झारा टार्न मात्र विधेयक ल्याएको त होइन ?

काठमाडौं । नेकपा एमालेका सांसदले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले दिगो समाधान दिन्छ कि दिँदैन भनी प्रश्न गरेका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमाले सांसद रघुजी पन्तले यस्तो प्रश्न गरेका हुन् । उनले भनेका छन्, ‘यो विधेयक समस्याको साँचो समाधान, दीर्घकालीन समाधान गर्नको लागि हो कि टालटुले गरेर झारा टार्नको लागि मात्रै हो भन्ने प्रश्न खडा भएको छ ।’

संक्रमणकालीन न्याय सबैको सहमतिमा अगाडि बढाउनुपर्ने र त्यस अनुसार सरकारले व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा ६० हजार उजुरी रहेको भन्दै पन्तले आगामी दुई वर्षमा ६० हजार उजुरीको छानबिन सकिनेमा आशंका गरे । ‘हतार हतारमा यो समस्यालाई टालटुल पार्नु उचित होइन’ उनले भने ।

सरकारले जनयुद्ध दिवसको रुपमा १ फागुनमा विदा दिएकामा उनले असन्तुष्टि जनाए । आफूहरुले झापा विद्रोहलाई सम्झिने गरेको तर, राष्ट्रिय दिवस नभनेको उल्लेख गर्दै सांसद पन्तले भने, ‘जनयुद्ध दिवस विदा दिइयो, किन दिइयो ? म जनयुद्ध दिवस मनाउँदिन । विदा दिँदैमा जनयुद्ध राष्ट्रिय दिवस हुन्छ ?’

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ १७:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट