May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

इम्बोस्ड प्लेट नेपालीमा लेख्छौं, शुल्क घटाउँछौं : यातायातमन्त्री

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १५:0९
इम्बोस्ड प्लेट नेपालीमा लेख्छौं, शुल्क घटाउँछौं : यातायातमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए ।

प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको बताए । ‘यहाँ विचित्र रहेछ, इम्बोस्ड नम्बर प्लेट ‘रिड’ गर्ने प्रविधियुक्त गेट नै छैन,’ उनले भने, ‘गेट राख्न पहल लिएका छौं, २ ठाउँमा राख्ने निर्णय भइसकेको छ ।’

मन्त्री श्रेष्ठले इम्बोस्ड प्लेट जोड्दा लाग्ने शुल्क पनि घटाउन गृहकार्य भइरहेको बताए । ठेकेदारले लिने पैसाअनुसार शुल्क लिनुपर्ने भएपनि अन्य हिस्सा हेरेर शुल्क घटाउन छलफल भइरहेको उनले बताए ।

‘इम्बोस्ड जोड्दाको शुल्क केही कम गर्न सकिन्छ भनेर छलफल भएको छ’ उनले भने । मन्त्री श्रेष्ठले सवारीको फिटनेस टेस्ट र ग्रिन स्टिकरका लागि लाइन लाग्न नपर्ने व्यवस्था गर्न लागिएको बताए । यसका लागि सूचना प्रविधिको प्रयोग गरिने मन्त्री श्रेष्ठले बताए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १३, २०७९ १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।