May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई

गरिव जनता मार्न पाइदैन भन्दै प्रदर्शन

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० 0७:३0
गरिव जनता मार्न पाइदैन भन्दै  प्रदर्शन

झापा ।  झापाको काँकडभिट्टा–पानीटंकी नाकामा कडाइ गरेपछि स्थानीय साना व्यापारी आन्दोलनमा उत्रिएका छन्।  भारतबाट एक सय रुपैयाँभन्दा बढीको सरसामान नेपाल भित्राए अनिवार्य भन्सार तिर्नुपर्ने नियम कडाइका साथ काँकडभिट्टा नाकामा लागू गरिएपछि त्यसको विरोधमा स्थानीय साना व्यापारी आन्दोलित बनेका हुन्।

भन्सार शुल्क नियमनका कारण गरिब तथा विपन्न परिवारको दैनिकीमा प्रत्यक्ष असर परेको भन्दै स्थानीय व्यापारीहरूले मंगलबार दिउँसो मेची भन्सार कार्यालय काँकडभिट्टा र मेचीनगर नगरपालिका कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन्।

भन्सारमा लागू गरिएको उक्त नियम खारेज हुनुपर्छ भन्दै होटल व्यवसायी संघ मेचीनगरले विरोध र्‍यालीसमेत प्रदर्शन गरेका थिए।  हातमा ब्यानर र प्ले कार्डसहित विरोध प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले भन्सार अगाडि एक घण्टा प्रदर्शन गरे।

जसकारण सीमा नाकामा ठप्प जस्तै बनेको थियो। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनहरूलाई सुरक्षाकर्मीले समन्वय गरी गन्तव्यतर्फ पठाएका थिए। भन्सार अगाडि विरोध प्रदर्शन गरेपछि उनीहरू त्यसपछि नगरपालिकातर्फ लागेका थिए।

आर्थिक मन्दीले मुलुक जर्जर अवस्थामा पुगेको बेला साना व्यवसायीलाई यस्ता अव्यावहारिक नियम नलगाउन उनीहरू स्थानीय सरकारका प्रमुखसँग आग्रह गरेका थिए।

मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकीले यस बारेमा भन्सार कार्यालयसँगै सम्बन्धित निकायसँग छलफल गरी समस्या समाधानको प्रयास गरिने उनीहरूलाई आश्वासन दिएको जनाइएको छ।

सीमा नाकाबाट भन्सार छलेर सरसामान आयात हुँदा राजश्व असुलीमा गिरावट भएको पाएपछि सरकारले साउन १ गतेदेखि लागू हुने गरी सबै भन्सार कार्यालयहरूले जाँचपास गराएर मात्रै यात्रुलाई छाड्ने निर्देशन  गरेको थियो।

सोही निर्देशन बमोजिम मेची नगरपालिकाको समन्वयमा मेची उद्योग वाणिज्य संघ, मेची भन्सार कार्यालय, भन्सार एजेन्ट, स्थानीय राजनीति दलका प्रतिनिधि लगायत बसेको बैठकले एक सय रुपैयाँभन्दा बढीको सरसामानलाई अनिवार्य भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार मेची भन्सार कार्यालयले भारतबाट स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई एक सय भन्दा बढी मूल्यको सरसामानको भन्सार तिराउन सुरु गरेको थियो। त्यसैगरी सरकारको निर्देशन बमोजिम भद्रपुर सीमा नाकामा पनि कडाइ गरिएको छ।

भारतीय गलगलिया बजारबाट खरिद गरी ल्याउने एक सय रुपैयाँभन्दा बढीको सरसमानलाई अनिवार्य भन्सार तिराउन थालिएको छ। भद्रपुर नाकामा पनि कडाई गरेपछि मङ्गलबार केही स्थानीय भन्सार प्रमुख अमित तिवारीलाई भेट्न गएका थिए। भन्सार प्रमुख तिवारी बिदामा रहेकोले उनीहरू फर्किएका थिए।

यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सरकारले जारीको निर्देशनको सबैले पालना गर्नुपर्ने बताए। मेचीनगरमा सर्वपक्षीय छलफलबाटै सो नियम लागू गरिएको बताउँदै प्रजिअ पोखरेलले भने, ‘यात्रुहरूले भारतबाट एक सय भन्दा बढीको सरसामान ल्याए भन्सार तिर्नुपर्छ, यसले राज्यलाई फाइदा पुग्ने हो। वर्षौँदेखि घरायसी सरसामान भन्सार नाकाबाट सहज रुपमा ल्याउनेलाई अहिले भन्सार तिराउँदा विवाद त आउँछ नै,’ उनले भने, ‘नाकामा उत्पन्न हुने विवादलाई सबैको सहयोगमा सहजीकरण गर्दै कार्यान्वयनमा ल्याउनुपर्छ।’

  • साझा परिवेश
  • बुधबार, साउन १०, २०८० 0७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।