sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:५३
बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

विराटनगर । करिब डेढ दशकयता अलपत्र परेको रतुवा खोलाको पुल निर्माणको प्रक्रिया अघि बढेको छ ।

हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल आधा मात्रै छ । बाँकी भागमा पनि पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ ।

दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि ठेक्का लागेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए । अधुरो रहेका स्थानमा जम्मा ७५ मिटरको पुलको तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर-समता-आशिष सन्दीप जेभीले पाएको छ ।

उनका अनुसार मोरङ तर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिनेछ । ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ । ७५ मिटर थपिएपछि पुलको लम्बाइ २८० मिटरको हुनेछ । पुलको सुरक्षाका लागि झापातर्फ ६५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण गरिनेछ ।

पुल नहुँदा स्थानीयवासी वर्षामा पैसा तिरेर डुङ्गा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य छन् । साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा खोला पार गरेको २० रुपैयाँ शुल्क तिनुपर्ने बाध्यता छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भए झापाका दक्षिण क्षेत्रका जनतालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ–जाउ गर्न सहज हुनेछ । पुल निर्माणपछि आवत–जावतमा पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्प पनि बन्नेछ ।

रतुवा खोलामा यसअघि २०६४/६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर २०५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम गरेको भन्दै ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid