April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:५३
बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

विराटनगर । करिब डेढ दशकयता अलपत्र परेको रतुवा खोलाको पुल निर्माणको प्रक्रिया अघि बढेको छ ।

हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल आधा मात्रै छ । बाँकी भागमा पनि पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ ।

दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि ठेक्का लागेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताए । अधुरो रहेका स्थानमा जम्मा ७५ मिटरको पुलको तीन वटा स्पन निर्माणका लागि देव एन्ड सायर-समता-आशिष सन्दीप जेभीले पाएको छ ।

उनका अनुसार मोरङ तर्फ ५० मिटर र झापातर्फ २५ मिटर पुलको लम्बाइ थपिनेछ । ७५ मिटर पुल थप गर्नका लागि २२ करोड १२ लाख ३७ हजार रुपैयाँमा ठेक्का लागेको हो । २०८२ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने ठेक्का छ । ७५ मिटर थपिएपछि पुलको लम्बाइ २८० मिटरको हुनेछ । पुलको सुरक्षाका लागि झापातर्फ ६५० र मोरङतर्फ १४ सय मिटरको खोलामा तटबन्ध पनि निर्माण गरिनेछ ।

पुल नहुँदा स्थानीयवासी वर्षामा पैसा तिरेर डुङ्गा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य छन् । साइकलमा खोला पार गर्दा १० रुपैयाँ र मोटरसाइकलमा खोला पार गरेको २० रुपैयाँ शुल्क तिनुपर्ने बाध्यता छ ।

रतुवा खोलाको अधुरो पुल निर्माण भए झापाका दक्षिण क्षेत्रका जनतालाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउ–जाउ गर्न सहज हुनेछ । पुल निर्माणपछि आवत–जावतमा पूर्वपश्चिम महेन्द्र राजमार्गको विकल्प पनि बन्नेछ ।

रतुवा खोलामा यसअघि २०६४/६५ मा पुल निर्माणका लागि ठेक्का लागेको थियो । मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४/६५ मा कालिका–ओसिए जेभीलाई पुल निर्माणको ठेक्का लिएको थियो । तर २०५ मिटर पुल निर्माण गरेर ठेकेदार कम्पनीले अलपत्र छाडेको थियो । सम्झौता अनुसारको काम गरेको भन्दै ठेकेदार कम्पनीले काम छाडेपछि रतुवा खोलामा आधा मात्रै पुल बनेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट