September 22, 2023 | शुक्रबार, अशोज ५, २०८०
सुचनाहरु
शिक्षकका जायज मागहरू शिक्षामन्त्रीले सम्बोधन गर्नुपर्छ : एमाले भीआईपीलाई दिएको सुबिधा फिर्ता गर्न निर्देशन शिक्षकहरुको आन्दोलन अनुगमनमा निस्कियो महानगर पार्टीका समस्या बाहिर गीत गाउँदै हिँड्ने होइन : माधव नेपाल सेयर बजार ४४ अंकले बढेर पुरै हरियाली लडेर-भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौं : अर्थसचिव पुष्कर भन्सार कर्मचारी ५ जनाको छानबिन गर्न अख्तियारलाई पत्र बाँदरले खेलेर बिगारेझैं त्यो सुन्दर वृक्षारोपणलाई शिक्षकहरुले कुरूप बनाए देउवाको नेतृत्वमा ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित असोज ६ गते राष्ट्रपति पहिलो पटक गृह जिल्ला जाँदै प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटघाटको समय जुरेन विधेयकमा थुप्रै सुधार आवश्यक छ, यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं : गगन थापा मानव अधिकारसम्बन्धी घोषणा जारी भएको आज ७५ वर्ष पुरा शिक्षकको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक घरजग्गाको कारोबार बढ्दा राजस्व भने घट्दै राष्ट्रिय क्रिकेट टोलीलाई लाग्यो ठूलो झट्का खुँडा हानेर हत्या गर्ने गुन्डा नाइकेलाई राष्ट्रपतिले माफि दिएपछि कारागारमै उत्सव गाई चराउन गएका महिलाहरुलाई कुटपिट गरी लुटपाट विषालु सर्पले टोकेर सिन्धुलीमा १ जनाको मृत्यु

हिक्मत कार्कीले सम्हाले प्रदेश १ को बागडोर

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १७:५९
हिक्मत कार्कीले सम्हाले प्रदेश १ को बागडोर

प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।

नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशप्रमुख परशुराम खपुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।  प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ सांसदको आवश्यकता पर्नेम कार्कीलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० जनाको समर्थन छ । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

वि. स. २०२३ साल असार ८ गते झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा जन्मिएका कार्कीका अहिले उहाँको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँको वाल्यकाल गौरादहमै वितेको र एस एल सी सम्मको अध्ययन स्थानिय जनता मा वि मा भएको थियो ।


विद्यार्थी आन्दोलनदेखि मुख्यमन्त्री सम्म 
विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विध्यार्थी राजनीतिमा प्रवेश गर्नु भएको हो । १३ वर्षको उमेरमा २०३६ सालमा भएको विद्यार्थी आन्दोलनमा सहभागी हुनु भएको थियो । उहाँका बुबा बमबहादुर समेत राजनीतिक तथा सामाजिक व्यक्ति भएकै कारण राजनीतिमा आउन प्रेरित गर्यो ।
उहाँले २०३७ सालमा अनेरास्ववियू पाँचौको सदस्य लिनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आई एल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा धरान आउनु भएको थियो । आई एल को पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उहाँ २०४५ साल पुसमा नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना हुनु भएको थियो ।
ल क्याम्पसको प्रारम्भिक कमिटीको सचिव हुदै उहाँ २०४६ सालको आन्दोलनमा सहभागी रहनु भएको थियो । त्यसबेला पार्टीका ठूला नेताहरु जेल गइसकेपछी मुख्यमन्त्री कार्कीको नेतृत्वमा रेवतीरमण भण्डारी सहितले आन्दोलनको नेतृत्व गर्नुभएको थियो । त्यसबेला उहाँलाई काठमाण्डौँमा पक्राउ गरिएको थियो । उहाले कानुनमा स्नातकोत्तर तह (एल एल एम) को अध्ययन पूरा गर्नु भएको छ ।
अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भुमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डौँ अध्यक्ष ३ कार्यकाल, बाग्मती अञ्चल कमिटी अध्यक्ष) निर्वाह गर्नुभयो । अनेरास्ववियूको केन्द्रीय सचिव कार्की २०५० सालमा निर्वाचित हुनु भयो, त्यसपछी उहाँ उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँ २०५५ सालमा भदौ २७ गते १४ औ राष्टिय महाधिवेशनबाट अनेराववियूको केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहनु भयो । स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति– नेपाल ल क्याम्पस) सम्हाल्नु भएका कार्की विद्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं राष्ट्रीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गर्नु भएको थियो ।
पार्टीको ५ राष्ट्रीय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे संगै महत्त्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहनु भएको छ ।
नवौं महाधिवेशन बाट केन्द्रीय कमिटीमा निर्वाचित भए पछी २०७१–२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरीसक्नु भएका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका निर्वाह गरिसक्नु भएको छ ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी सम्हाल्नु भएको थियो ।
करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिनु भएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भएको छ ।
प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिबृद्दी, सस्थागत सबलिकरण, अधुनिकिकरण र पुर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गर्नु भएको छ । सिमा सुरक्षा मजबुत नबने सम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बल लाई समेत सबल र सक्षम बनाउदै लैजानु पर्छ भनेर सीमा सुरक्षाका निम्ति बोर्डर आउट पोस्ट निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गर्नु भएको थियो । संचार क्षेत्रको समेत जिम्मेवारी लाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरि समग्र सन्चार क्षेत्रको विकासमा समेत उहाको योगदान रहेको थियो ।
कार्की २०७९ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा समेत झापा ५(१)बाट प्रदेश सभा सदस्यमा बिजयी हुनु भएको थियो । उहाँ नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेता समेत हुनुहुन्छ ।
देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटी सदस्यका रुपमा रहनु भएका कार्की एमालेको दशौ राष्ट्रीय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो । अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–ईन्चार्जका भुमिकामा समेत रहनु भएका कार्की आइतबार विधिवत रुपमा प्रदेश एकको मुख्यमन्त्रीमा नियुक्त हुुनुभएको हो ।

  • साझा परिवेश
  • आइतवार, पुस २४, २०७९ १७:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट