May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

चराको ठाउँमा कुकुर राखेर ट्विटरको लोगो फेरियो

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १0:३९
चराको ठाउँमा कुकुर राखेर ट्विटरको लोगो फेरियो

वासिङटन डिसी

ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन्। उनले मंगलबार बिहान चर्चित ब्लू बर्ड लोगो परिवर्तन गरेर कुकुरको तस्बिर राखेका छन्।

ट्विटरको यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । यद्यपि यो परिवर्तन ट्विटरको वेब पेजमा छ र हाल प्रयोगकर्ताहरूले ट्विटर मोबाइल एपमा ब्लु बर्ड मात्र देखिरहेका छन्।

ट्विटरका सीईओले मार्च २६, २०२२ को स्क्रिनसट पनि साझा गरेका छन्। सो स्क्रिनसटमा मस्क र बेनामी खाता बीचको कुराकानी छ । सो संवादमा चराको लोगो हटाइ कुकुरको राख्ने कुरा भएको छ। ट्वीटरमा यो पोष्ट सेयर गर्दै मस्कले ‘वाचा गरे अनुसार’ लेखेका छन्।

यो परिवर्तनपछि मस्कले आफ्नो अकाउन्टमा डगी मिमलाई सेयर गर्दै फनी ट्विट सेयर गरेका छन् । यसमा ड्राइभिङ लाइसेन्स जाँच गरिरहेका एक प्रहरी अधिकारीको हातमा ट्विटरको ब्लू बर्डको तस्बिर छ र कारमा बसेको कुकुरले ‘यो पुरानो तस्विर हो’ भनिरहेको छ। एजेन्सी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।