May 12, 2024 | आइतवार, बैशाख ३०, २०८१
सुचनाहरु
स्कुल बसमा आगजनी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : कांग्रेस नेता लेखक नीति तथा कार्यक्रमको तयारीबारे सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक बढ्यो सुनको मूल्य गिरीबन्धु प्रकरणबारे बालेन भन्छन्- तत्कालीन ओली नेतृत्वको सरकारलाई कारवाही गर्नुपर्छ प्रधानमन्त्रीद्वारा कांग्रेसका शीर्ष नेतासँग छलफल सुरु कामीरिता शेर्पा आफ्नै रेकर्ड तोड्दै २९ औं पटक सगरमाथाको शिखरमा बैबाहिक बलात्कारसम्बन्धि आरोप लागेका गायक रबि ओडले गरे आत्मसमर्पण काठमाडौमा छुरा प्रहार गरि हत्या , ४ पक्राउ कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्छ पानी ? रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबारदेखि सुरु गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य

ब्याक्टेरियाको संक्रमण, भारतीय आइ ड्रप प्रयोग नगर्न अमेरिकाको चेतावनी

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ ११:२२
ब्याक्टेरियाको संक्रमण, भारतीय आइ ड्रप प्रयोग नगर्न अमेरिकाको चेतावनी

वासिङटन डिसी

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आँखामा हालिने ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यी आइ ड्रपहरूले अमेरिकामा कम्तीमा ५५ जनामा ​​संक्रमण, अन्धोपन जस्ता समस्या ल्याएको र एक जनाको मृत्युसमेत भएको जनाएको छ।


एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले ब्याक्टेरियाको संक्रमण हुने र कम्पनीले उत्पादन मापदण्डको उल्लंघन गरेको बताएको छ।

चेन्नईस्थित कम्पनी ग्लोबल फार्मा हेल्थकेयरले बुधबार संयुक्त राज्य अमेरिकामा उपभोक्ता स्तरमा बाँकी भएको आइ ड्रपको स्टक फिर्ता मगाएको छ। एजरीकेयर एलएलसी र डेल्साम फार्माले अमेरिकामा यो आईड्रप वितरण गर्दछ।

एक भारतीय सरकारी स्रोतका अनुसार केन्द्रीय र राज्य औषधि नियामकहरूले ग्लोबल फार्मा हेल्थकेयरको चेन्नई प्लान्टमा टोली पठाएको छ।

गत वर्ष गाम्बियामा यस्तै एउटा भारतीय कफ सिरपका कारण ७० बालबालिकाको मृत्यु भएको थियो ।

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ ११:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट