May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

विदेशबाट आउँदा निम्न सामान ल्याउन नपाइने…

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:४८
विदेशबाट आउँदा निम्न सामान ल्याउन नपाइने…
  • भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन आग्रह गर्यो 
  • यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन समेत अनुरोध 

काठमाडौं ।।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायत सामान नल्याउन र नपठाउन आग्रह गरेको हो ।कार्यालयका अनुसार यस्ता सामान एक्सरे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको छ । जाँचपासका क्रममा खोलेर, फुटाएर ‘चेक’ गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सोही कारण कार्यालयले विदेशबाट यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन समेत आग्रह गरेको हो ।

“विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर (ग्राइन्डर), पानी तान्ने मेसिन पठाउने गरेको पाइएको छ । यस्ता सामानहरू एक्सरे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ,” कार्यालयको सूचनामा उल्लेख छ, “यसबाट सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । तसर्थ, विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरू नपठाउनुहुन र नल्याउनुहुन यस कार्यालयले सम्पूर्णमा सादर अनुरोध गर्दछ ।”

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट