September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड काटिदिए अज्ञात समूहले

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १0:४0
सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड काटिदिए अज्ञात समूहले

चितवन 

चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।

सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । ‘काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा छ’ खतिवडाले भने, ‘यस्तो आपराधिक काम गरेर निर्दोष जनावरलाई दुःख दिने कस्ता मान्छे होलान् ?’

हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको खतिवडाले बताए । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सूँड काटिएको हुनसक्ने बताए ।

हात्तीको सूँड काट्नेको खोजी र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १0:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्