May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

सांसदको हाजिरी दैनिक सार्वजनिक गरिने

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १0:४२
सांसदको हाजिरी दैनिक सार्वजनिक गरिने

प्रतिनिधिसभा बैठक सञ्चालन गर्न फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत भएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।

सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताए। गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई लिएर धेरै प्रश्नहरु उठेका छन्। ती सबै प्रश्नको समेत जवाफ दिने गरी आगामी अधिवेशनलाई परिणाममुखी बनाउन सभामुख घिमिरेले अपिल पनि गरेका छन्।

स्वीकृत कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ। सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ।

सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर टिप्पणी हुन थालेपछि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्ने तयारी गरिएको हो। बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताए।

  • साझा परिवेश
  • मङ्लबार, माघ २३, २०८० १0:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।