sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चर्चित दोलखाको पर्यटकीय नगरी जिरीमा कृत्रिम ताल बन्ने

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १६:१७
चर्चित दोलखाको पर्यटकीय नगरी जिरीमा कृत्रिम ताल बन्ने

दोलखा

सगरमाथाको द्वार तथा नेपालको स्वीजरल्यान्ड नामले चर्चित दोलखाको पर्यटकीय नगरी जिरीमा कृत्रिम ताल बन्ने भएको छ । सुस्ताएको अवस्थामा रहेको जिरीलाई पुरानै लयमा फर्काउनको लागि ताल निर्माण कार्य सुरु होस् भन्ने चाहाना रहेको जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले बताए ।

जिरीमा मानव निर्मित कृतिम ताल निर्माण भएमा जिरीको महत्व बढ्ने मात्र नभइ समग्र दोलखाको आर्थिक क्रियाकलापमा वृद्धि हुने जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । जग्गाको मुआब्जा निर्धारण गर्दा भने स्थानीयलाई मर्का नपर्ने गरी गर्नुपर्ने उनले बताए ।

यसैगरी जिरी ताल निर्माणका लागि जिरी नगरबासी सहयोग गर्न तयार रहेको तथा ताल निर्माणको काम छिटोभन्दा छिटो सुरू होस् भन्ने स्थानीयको चहना रहेको जिरीका नागरिक अगुवा केन्द्रज्योति खड्काले भने ।

जिरी कृतिम ताल निर्माणको काम सुरुवात गर्नका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

जिल्ला नापी कार्यालय तथा मालपोत कार्यालयबाट आयोजनाको क्षेत्र भित्र पर्ने जग्गाको लगत लिइ अध्ययनको काम भइरहेको उनको भनाइ छ । अध्ययन समाप्त भएपछि आवश्यक जग्गा अधिग्रहणको लागि सिफारिस गरिने उनले बताए ।
डिभिजन सिंचाइ कार्यालय दोलखाको अनुसार तालको डीपीआर तयार भइसकेको छ । कृत्रिम तालको वातावरणीय प्रभाव मूल्याङ्कनका लागि परामर्श दाताको छनौटको प्रस्तावको मूल्याङ्कन भइरहेको कार्यालयले जनाएको छ ।

एक किलोमिटर लामो तथा दुई सय मिटर चौडाईको हुने सो ताल निर्माणको लागि डुवान हुने क्षेत्र भित्र पर्ने १५१ कित्ता तथा ताल वरीपरी आवश्यक पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि ३३९ कित्ता अधिग्रहण गर्नु पर्ने डिभिजन सिंचाइ कार्यालयका प्रशासन प्रमुख शारदप्रसाद दंगालले जानकारी दिए ।

भारतको प्रसिद्ध पर्यटकीय स्थल नैनीतालकै आकारमा तालको निर्माण हुने भएकोले यो ताल निक्कै आकर्षक र पर्यटकीय महत्वको दृष्टिले महत्वपूर्ण हुने उनको भनाइ छ । डीपीआर अनुसार ताल निर्माणको लागत ३ अर्ब १७ करोड रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २२, २०७९ १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid