April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

अमेरिकामा फेरि आँधी आयो पाँच जनाको मृत्यु

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:२६
अमेरिकामा फेरि आँधी आयो पाँच जनाको मृत्यु

वासिङटन डिसी 

विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ।

आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ। देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण हाल सम्म ६३ जनाले ज्यान गुमाएका छन्। बोलिञ्जर काउन्टीका धेरै घर ढलेका छन् भने विद्युत् आपूर्तिमा अवरोध भएको छ।

प्रारम्भिक विवरणअनुसार आँधीले ८७ वटा भौतिक संरचनामा क्षति पुगेको मिसौरी राज्यका एक अधिकारीले बताएका छन्। राज्यका गभर्नर माइक पार्सनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेर पीडितहरूलाई सहयोग गर्ने बताएका छन्। उनले राष्ट्रपति जो बाइडेनबाट सङ्घीय सहयोगको आश्वासन प्राप्त भएको जानकारी पनि दिएका छन्। रासस

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट