May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

बंगलादेशमा रेल दुर्घटना : एकजनाको मृत्यु ८ जना घाइते

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:३४
बंगलादेशमा रेल दुर्घटना : एकजनाको मृत्यु ८ जना घाइते

बंगलादेशको राजधानी ढाकाको बाहिरी भागमा रहेको गाजापुरीमा बुधवार भएको रेल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार विहान ४ बजे भएको दुर्घटनामा ८ जना घाइते भएको स्थानीय जोयदेवपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए।

उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा बोगी’ लिकबाट उछिट्टिएपछि एकजनाको घटनास्थलमै मृत्यु भएको हो। उक्त रेल दुर्घटनाका कारण राजधानी ढाकाबाट देशका अन्य भूभागमा समेत रेल सेवा घन्टौं अवरुद्ध भएको थियो।

विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन्। विपक्षी आन्दोलनले ढाकालगायत देशका विभिन्न शहरमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी–मजदुर झडप तथा सवारीसाधन तोडफोड र आगजनीका घटना भइरहेका छन्।

बंगलादेशको निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि त्यहाँको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले ​मंगलवार विहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ। विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम हो।

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।