May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्राउ

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:३0
अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्राउ

अमेरिकी डलर साटिदिने बहानामा लुटपाट पर्ने समूह पक्रा
काठमाडौं । सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने बहानामा लुटपाट पर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारी श्रृङखलाबद्ध रुपमा ठग्ने र लुट्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ सिङगाचेका २४ वर्षीय विकास तामाङ, बाह्रबिसे-५ कै २८ वर्षीय साजन तामाङ र बाह्रबिसे-५ सिखोरङका ३५ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन्। धादिङको सुनौलो बजार गाउँपालिका-७ का ३२ वर्षीय सुरेश कोइराला र धनकुटाको बेलरा-७ का ३२ वर्षीय दिपक दमाईलाई पनि प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका ५ जनामाथि ठगी मुद्दामा कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ 0९:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।