May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

ठेक्का रद्द किन नगर्ने भनेर बिधुत प्राधिकरणले सोध्यो ७ कम्पनीलाई

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १0:१९
ठेक्का रद्द किन नगर्ने भनेर बिधुत प्राधिकरणले सोध्यो ७ कम्पनीलाई

काठमाडौं

नेपाल बिधुत प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयले कार्य सम्पादन सन्तोषजनक नभएका ७ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले आज सूचना जारी गरी ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस गर्न भनेको छ ।
कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबी÷मा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।

यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।
यी कम्पनीहरुले आदर्श, सायल, बोगटान, बडीकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडाहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि ठेक्का सम्झौता गरेका छन् ।

तर सम्झौता अनुसारको काम गरेपछि प्राधिकरणले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत तोकिएको अवधिभित्र काम सम्पन्न नगरेपछि सातदिने स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १0:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट