May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १७:१२
विद्युत् प्राधिकरणले उठ्नु पर्ने रकमलाई आम्दानी देखाउन मिल्दैन : गोकुलप्रसाद बास्कोटा
  • व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नाफा देखाएको 
  • नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत
  • उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो 
  • यसलाई चाँडो टुंगो लगाउनुपर्छ,”

काठमाडौं ।।

नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बास्कोटाले डेडिकेटेड लाइन र ट्रङ्क लाइनबाट उद्योग व्यवसायीहरूबाट बाँकी बक्यौता नउठे पनि नेपाल विद्युत् प्राधिकरणले त्यसैलाई आम्दानी देखाएर नाफा देखाएको बताएका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले व्यवसायीबाट उठाउनैपर्ने बाँकी बक्यौता उठाउनुपर्ने भन्दै नउठेको पैसालाई आम्दानी देखाउने कार्य गलत भएको बताए ।

 

 

“तिर्न बाँकी छ भनेर बक्यौतामा देखाएर आम्दानी देखाउने चलन नेपाल विद्युत् प्राधिकरणले पहिलेदेखि चलाउँदै आएको यो खराब कुरा हो,” बास्कोटाले भने, “यो व्यवहारमा देखिएको छ ।” लोडसेडिङको समयमा उद्योगीहरूलाई विशेष सुविधा दिन योजना ल्याइएको उनले बताए ।

बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले डेडिकेटेड लाइनको बाँकी बक्यौता असुल हुने सुनिश्चितता नभएको भन्दै त्यसलाई आम्दानी देखाएर विद्युत् प्राधिकरणलाई नाफा कमाएको संस्थाको रूपमा स्थापित गर्न खोजिएको बताए । यसको छिनोफानो गर्न आवश्यक रहेको उनले बताए ।  “उपभोग गरेको विद्युत्‌को शुल्क तिर्नुपर्‍यो, नगरेको तिर्न बाध्य गराउनुभएन । यसलाई चाँडो टुंगो लगाउनुपर्छ,” उनले भने ।

  • साझा परिवेश
  • बुधबार, अशोज १०, २०८० १७:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।