May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:५७
रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ।

कपुरबोट मिडियाले  श्रेष्ठ र प्रसाईंबीच भएको डिलको अडियो सार्वजनिक गरेको छ।

अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्।

अडिओ सार्वजनिक भएपछि रास्पपाले पनि यस विषयमा छानबिन गर्ने भएको छ। सेतोपाटीसँग कुरा गर्दै रास्वपा संसदीय दलका नेता डिपी अर्यालले अडियोबारे जानकारी आएको बताए।

‘मिडियामा आएको अडियो हामीले पनि  सुन्यौं, यसबारे पार्टीमा छलफल भइरहेको छ,’ अर्यालले भने।

सार्वजनिक भएको अडियोमा प्रसाईं र श्रेष्ठले गरेको कुराकानीको अंश:

ढाकाप्रसाद: मुकुलजीलाई त थाहा छैन सर यो। मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…

दुर्गा: ए।

ढाकाप्रसाद: बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाहि छुट्टै हुनुहुन्छ। पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षण देखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन् फेरि। दुई-साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन्। पछि चेक दिएँ भनेपनि मान्छन् एक-दुई दिन…

दुर्गा: यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नी हैन?

ढाकाप्रसाद: अ.. मैले रवि सरलाई भन्दा पनि रवि सरलाई देखा पर्नुभएको छैन। बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ उहाँहरूलाई दिने हो। पार्टीलाई जान्छ भनेका छन् क्यार।

दुर्गा: तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ। तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस्। सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ? कुरो बुझ्नुभएन?

तपाईंलाई म उ दिन्छु। आइडिया दिन्छु। यो दुई करोडको ग्यारेन्टी भयो। म दिन्छु। पिर नगर्नु। तपाईं अघि बढ्नुस्। है।

अब फेरि तोसिमाले लडाइँ त गर्दिनन् नी? तोसिमा कार्कीले?

ढाकाप्रसाद: हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो। हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।

दुर्गा: ए… ल। अब यस्तो भयो नी त। तोसिमाले पैसा निकाल्न पनि सक्दिनन्। किन भन्नु न। गोविन्द केसीको मान्छे भनेको छ नी कहीँ कुरै गर्न मिल्दैन। उसँग डराउँछन्।

ढाकाप्रसाद: तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नी।

यसबारे कुरा गर्न खोज्दा व्यवसायी प्रसाईं र सांसद श्रेष्ठले फोन उठाएनन्।

सहकारीको पैसा अपचलन गरेको मुद्दामा सांसद श्रेष्ठ यसअघि पनि विवादमा आएका थिए। उनी अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको ८२ लाख रुपैया अपलचन गरेको मुद्दा उनीमाथि छ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ १३:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।